Homeसमाचारविहीबार अहिलेसम्मकै संक्रमणको संख्या उच्च, नियन्त्रण तयारी कमजोर

विहीबार अहिलेसम्मकै संक्रमणको संख्या उच्च, नियन्त्रण तयारी कमजोर

झापा । नेपालमा विहीबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । विहीबार सार्वजनिक पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार देशभर एकहजार एकसय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एकै दिनमा कोरोना संक्रमण पुष्टि भएको हालसम्मको यो सबैभन्दा बढी हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विहीबार काठमाडौँका २७०, ललितपुरका ६६, भक्तपुरका ४१, धनुषाका ३९, पर्साका ८५, बाराका ३०, महोत्तरीका ७, रौतहटका १५, सप्तरीका २२, सर्लाहीका ६, सिरहाका ७, काभ्रेका १३, चितवनका ४५, दोलखाका २, धादिङका १, नुवाकोटका ७, मकवानपुरका ६३, रामेछापका ६, सिन्धुलीका ५, कास्कीका २, गोरखाका १, प्रदेश १ अन्तरगत सुनसरीका ३८, मोरङका २०,संखुवासभाका ४ र खोटाङका १ जनामा कोरोना पुष्टि भएको छ।
त्यसैगरी तनहुँका ११, नवलपरासीका १७, पर्वतका १, लमजुङका ३, बागलुङका ८, कपिलवस्तुका २१, गुल्मीका ३, दाङका २, नवलपरासीका १८, प्यूठानका ४, बर्दियाका १, बाँकेका ७५, रुपन्देहीका ७२, जाजरकोटका ५, दैलेखका १२, सुर्खेतका ९, कञ्चनपुरका ६, कैलालीका २०, डोटीका ६, बझाङका १ तथा बैतडीका १७ जना संक्रमित थपिएका हुन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच महिला र तीन जना पुरुष गरी ८ जनाको मृत्यु भएको हो।
ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, कास्कीकी ३२ वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला, बाँकेकी ७० वर्षीया महिला, काठमाडौँका ४८ वर्षीय पुरुष, पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ८३ पुगेको छ।
यो अवधीमा ५ सय ६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या देशभर १५ हजार २ सय ७३ रहेको छ।
कोरोना भाइरस संक्रमण नियन्त्रण प्रभावकारी बन्न नसक्दा दिनानु दिन संक्रमणको दर बढिरहेको छ । समुदायमा संक्रमण फैलिएपनि नियन्त्रणका लागि ठोस रणनीति र योजना सरकारले अझै बनाउन सकेको छैन । परीक्षणका दायरा फराकिलो बनाएको सरकारले दावी गरेपनि दावी अनुसार परिणाम आउन सकेको छैन भने आइसोलेसन अझै तयारी भएको छैन । यस्तो अवस्थामा संक्रमितहरु घरैमा आइसोलेसनमा बस्नु पर्दा कोरोना संक्रमण अझै फैलिन सक्ने त्रास बढेर गएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविहीबार अहिलेसम्मकै संक्रमणको संख्या उच्च, नियन्त्रण तयारी कमजोर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img