Homeसमाचारसाहित्य चौतारीद्वारा राष्ट्रकवि घिमिरेका नाममा एकलाख ११ हजार एकसयको अक्षयकोष

साहित्य चौतारीद्वारा राष्ट्रकवि घिमिरेका नाममा एकलाख ११ हजार एकसयको अक्षयकोष

झापा । साहित्य चौतारी झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान पुरस्कार स्थापना गरेको छ । साहित्य चौतारी झापाको बैठकले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका साथै साहित्य चौतारी झापाको स्थापनाकालदेखि हालसम्म पुर्याएको योगदानको सम्मान गर्दै उक्त पुरस्कार स्थापना गरेको हो ।
उक्त सम्मान पुरस्कारका लागि एक लाख एघार हजार एक सय एघार रुपैयाँको अक्षयकोष स्थापना गरिएको र उक्त अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष साहित्य चौतारी झापाको वार्षिकोत्सवमा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान पुरस्कार प्रदान गरिने साहित्य चौतारी झापाका संस्थापक/संरक्षक देवीभक्त श्रेष्ठले बताए ।
२०५६ साल असार ३१ गते स्थापना गरिएको साहित्य चौतारी झापाको संस्थापक प्रमुख अतिथि समेत रहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई साहित्य चौतारी झापाले २०५९ सालमा झापामा अभिनन्दन गरेको साहित्य चौतारी झापाका संस्थापक/संरक्षक श्रेष्ठले बताए ।
२०६२ सालमा साहित्य चौतारी झापाको प्रथम स्मारिका विमोचन गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेले २०७५ साल असोज १९ गते कोजाग्रत पूर्णिमाको दिन साहित्य चौतारी झापाको दोस्रो स्मारिका विमोचन गरेको र उक्त दिन राष्ट्रकवि माधवप्रसाद घिमिरे सयवर्ष पुगेको अवसरमा उनलाई अभिनन्दन गर्नुका साथै साहित्यिक कार्यक्रम गरी राष्ट्रकवि घिमिरेको हातबाट टिकाजमरा ग्रहण गरी आशीर्वाद लिएको साहित्य चौतारी झापाका संस्थापक/संरक्षक श्रेष्ठले बताए ।
त्यस्तै साहित्य चौतारी झापाको स्थापनाकालदेखि हालसम्म पुर्याएको योगदानको सम्मान गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेको १२ औं पुण्यतिथि भदौ १३ गते शनिवार श्रद्धाञ्जलि सभा गर्ने वैठकले निर्णय गरेको संस्थापक/संरक्षक श्रेष्ठले बताए ।
कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर भौतिक दूरी कायम गर्दै सरगम संगीतालय र गुरुकुल संगीत विद्यालयका विद्यार्थीहरुबाट राष्ट्रकविका सृजनाहरु वाचन तथा गायन गरि श्रद्धाञ्जलि सभा गरिने उनले वताए ।
त्यस्तै बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरे, साहित्य चौतारी झापाका पूर्व कार्य समिति सदस्य साहित्यकार अमृतलाल श्रेष्ठ, समितिका सल्लाहकार सदस्य ध्रुव पाठककी माता मनमाया पाठकप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
साहित्य चौतारी झापाका वरिष्ठ उपाध्यक्ष कृष्ण सुवेदी निराकारको अध्यक्षतामा भएको बैठकमा संस्थापक/संरक्षक देवीभक्त श्रेष्ठ,उर्मिला श्रेष्ठ, संस्थापक अध्यक्ष/सल्लाहकार संयोजक शिवशंकर थापा, उपाध्यक्षहरु कृष्ण योञ्जन, हिक्मत नेम्बाङ, सहसचिव खगिन्द्रा खुसी, कोषाध्यक्षः भवानीप्रसाद गौतम, सदस्यहरु दिपक रायमाझी, देवीचरण भण्डारी, कमला नेम्बाङ, बिमला चिमरिया, सेलीङ केसी, माधव कल्पित, हेमन्ता भण्डारी, सुनिता तामाङ लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका सचिव दिलिप घिमिरेले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसाहित्य चौतारीद्वारा राष्ट्रकवि घिमिरेका नाममा एकलाख ११ हजार एकसयको अक्षयकोष
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img