Homeसमाचार१४ दिन पछि पोजेटिभ रिपोर्ट,स्थानीय त्रासमा

१४ दिन पछि पोजेटिभ रिपोर्ट,स्थानीय त्रासमा

झापा ९ भदौ । कनकाई नगरपालिकाका एक व्यक्तिको कोरोना संक्रमण परीक्षणका लागि स्वाब संकलन गरेको १४ दिनपछि रिपोर्ट पोजेटिभ आएको छ ।
कोरोना संक्रमण जाँचका लागि गत साउन २८ गते स्वाब संकलनका लागि आफैं गएका दुर्गापूरका एक औषधी व्यवसायीको १४ दिनपछि रिपोर्ट पोजेटिभ आएपछि स्वयं व्यक्ति, स्थानीय तथा घर परिवारमा समेत त्रास बढेको बताइएको छ ।
क्वारेन्टाइन अवधी समेत सकिएपछि आएको रिपोर्टले आफूलाई दुःखी बनाएको ती व्यवसायीले बताए । आफ्नो रिपोर्टप्रति विश्वास नै नलागेको बताउँदै उनले भने–‘कम्तीमा तीन दिनमा रिपोर्ट आएको भए म आफैं आइसोलेसनमा बस्थें, मेरो घर परिवार र अरुहरु सम्म पुग्ने थिएन, मेरो क्वारेन्टाइन समयपनि सकिएपछि आएको पोजेटिभ रिपोर्टप्रति मलाई नै विश्वास छैन ।’
रिपोर्ट पोजेटिभ आएपछि कनकाई नगरपालिकाको क्वारेन्टाइनमा बसेका उनीमा अहिले पनि कोरोनाको कुनै लक्षण नभएका बताए । स्वाब संकलनपछि लामो समयसम्म रिपोर्ट नआउँदा आफूले पटक पटक सम्पर्क गर्दा समेत कुनै जवाफ नपाएको बताए । ‘स्वाब संकलनपछि आफूले पसलमा आउनेलाई सेवा दिइरहेको बताउदै उनले भने–‘अब कतिमा सर्यो भन्ने पनि कठिन हुन्छ, यति लामो समयसम्म कुनै कुरा नआएपछि व्यवसायबाट सेवा सुचारु थियो ।’
१४ मा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना पोजेटिभ रिपोर्ट दिएको उनले बताए । आफ्नो रिपोर्टमाथि विश्वास नभएको बताउँने उनले स्वाब संकलनका क्रममा भएको लापरवाही माथि पनि आशंका गर्दै उनले भने– स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीले धेरैको स्वाब संकलनमा एउटै ग्लोब्स प्रयोग गरियो, अहिले स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिइरहेका छ, के थाहा त्यहीबाट पनि सरेको हुनसक्छ ।’
स्वाब संकलनको लामो समयसम्म रिपोर्ट नआउँदा स्वाब संकलन गरिएका व्यक्तिहरुको अरुसंग समेत हेलमेल हुनसक्ने भएकाले रिपोर्ट नआएसम्मका लागि क्वारेन्टाइनमै राख्ने व्यवस्था मिलाउनु पर्ने, रिपोर्ट २ देखि ३ दिनमा आउन सक्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
स्वाब संकलनको १४ दिनपछि आएको पोजेटिभ रिपोर्टले स्थानीयलाई नै त्रसित बनाएको सुकदेव पौडेलले बताउनु भयो । उक्त घटना हेर्दा सरकारी कमजोरीका कारण समुदायमा महामारी फैलने हो कि भन्ने त्रास बढेर गएको भन्दै पौडेलले चिन्ता व्यक्त गरे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार१४ दिन पछि पोजेटिभ रिपोर्ट,स्थानीय त्रासमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img