Homeसमाचारअबैध बाटोबाट कपडा ल्याउनेलाई वडाध्यक्षले छुटाए, कपडामात्र पक्रेको प्रहरीको भनाई

अबैध बाटोबाट कपडा ल्याउनेलाई वडाध्यक्षले छुटाए, कपडामात्र पक्रेको प्रहरीको भनाई

झापा । तस्करीका लागि सहज नाका बन्दै गएको दक्षिणी झापाको कचनकवल ५ स्थित पाठामारीमा गएराति स्थानीयले ३ पोका कपडा सहित ३ जना व्यक्ति सशस्त्र प्रहरी सीमा सुरक्षा बललाई जिम्मा लगाए पनि तस्करीमा संलग्नलाई विना कारवाही छोडिएको पाइएको छ ।
भारतबाट रातिको समयमा अवैध रूपमा भित्र्याएको कपडासहित स्थानीयले कारोवारमा संलग्न व्यक्ति पनि सशस्त्र प्रहरीलाई बुझाएको भएपनि प्रहरीले सामान राखेर कारोवारमा संलग्न मानिसलाई छाडिदिएको घटना बाहिर आएको हो ।
बन्दाबन्दी सुरूभएयता कचनकवल ५ स्थित पाठामारी नाकाबाट दैनिक लाखौँ मूल्य बराबरको सामान नेपाल भित्रिन थालेपछि केही स्थानीयले चासो देखाएर प्रहरी प्रशासनलाई सहयोग गर्न थालेका थिए । सो क्षेत्रका केही कारोबारीको अवैध गतिविधिको बारेमा स्थानीयले प्रहरीलाई घटना स्थाल र तस्करी बारे जानकारी गराउन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानीय नेतृत्वले सुनुवाइ नगर्दा तस्कर समूह निर्वाध काम गर्न सफल भइरहेका थिए । केही दिन अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व फरिएपछि तस्करी बिरूद्ध प्रहरी आक्रमक बन्ने संकेत पाएर स्थानीयले जानकारी गराउने क्रम सुरू भए पश्चात स्थानीयले भारतबाट नेपाल छिर्ने पाठामारी नाकमा गोप्य रूपमा सामान समाउन बसिरहेको अवस्थामा गएराति साढे १२ बजे तिनजनाले टाउकोमा बोकेर तीनपोका कपडा ल्याउदै गरेको अवस्थामा हो –हल्ला गरेर नियन्त्रणमा लिइ ती युवाले प्रहरीलाई खबर गरेका थिए ।
पाठामारीमा रहेको सशस्त्रको फर्वाड वेस र प्रहरीचौकीबाट गएको प्रहरीलाई कपडासहित स्थानीयले नियन्त्रणमा लिएका अजय यादव र च्यारु यादवलाई समेत प्रहरीको जिम्मा लगाए भने भारतीय कारोबारी अर्जुन हलुवाइ भारततर्फ भागेका थिए । यादव द्वय सोही स्थानका बासिन्दा हुन् भने उनीहरू गोसखुवा उपनामले चिनिने राप्रपाका स्थानीय नेता मार्फत कारोवारमा संलग्न व्यपारी भएको स्थानीयको भनाइ छ ।
घट्नापछि स्थानीय केही युवाहरूले हामी नआएसम्म मानिस नछाडने भन्दै प्रहरीलाई जिम्मा लगाएका थिए । कपडा सहित मानिसलाई सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट केचना पठाएका थिए । तर उनीहरूलाई वडा नम्बर ५ का वडाध्यक्ष महेशलाल गणेशको रोहवरमा छाडिएको थियो ।
प्रहरीबाट छुटेका उनीहरूले राति नै गाउँमा गएर सामान समाउने तिमीहरू को हौ भन्दै २०/२५ जनाको समूहले धम्काएको पीडितको भनाइ छ । सो नाकामा मुख्य कारोबारी ‘गोशखुवा’ भन्ने महमद्ददिन मियाँले चौपाया, युरिया मल, पैसा लिएर मानिस ओसार पसार गर्ने लगायतमा संलग्न हुने गरेको स्थानीयको दाबी छ ।
ती व्यक्ति रातभर घरमा नहुने गरेको उनीहरूले बताए । तस्करीमा सहयोग पुर्याएको भन्दै पाठामारीमा कार्यरत जनपथका सइ सुमेन्द्र विश्वकर्मा र शसस्त्रका इन्सपेक्टर आनबहादुर गुरुङ्लाई केही दिन अघि जिल्लाले फिर्ता बोलाएको थियो ।
सो नाकामा नयाँ जिम्मेवारी पाएका सशस्त्रका सइ श्याम लिम्बू र जनपथका असइ अर्जुन सापकोटासँग तस्करी भइरहेको विषयमा स्थानीयले पुनः छलफल गरेर तस्करी रोक्न सहयोगको प्रतिबद्धता जनाएका थिए । स्थानीयले साथ दिएमा अबैध कारोवार तथा सामान ओसारपोसार बन्द गर्ने प्रहरीले जनाएका थिए । छलफलपश्चात् अवैध गतिविधि रोक्न स्थानीय केही युवा अबैध कारोबारीको बिरुद्धमा लागेपछि सामान बरामद गर्ने क्रम तीव्र हुन थालेको थियो ।
त्यसैगरी किसानको नाम लिएर पाठामारीका केही अबैध कारोबारीले युरिया मलको तस्करी गरिहेको स्थानीयको भनाइ छ । भारतमा ३ सय प्रतिबोरा मर्ने मल पाठामारीमा १५००।— मा झापाका विभिन्न व्यापारी मार्फत बिक्री गर्ने गरेका छन् । व्यपारिक समूहले अन्य बजारमा प्रतिबोरा २५ सय रुपैयाँसम्म बिक्री गर्ने गरेको पाइएको छ । किसानका लागि हो भने किन अन्य नाकाभन्दा पाठामारीबाट मात्र हरेक रात एकहजार बोरासम्म युरिया मल छिर्छ त ? उनीहरूले प्रतिप्रश्न गरे । तस्करीका विषयमा उच्च प्रहरीदेखि सादा पोशाकका घुमुवा प्रहरीलाई समेत जानकारी गराउँदा वास्ता नगरेको उनीहरूको भनाइ छ ।
अबैध कपडा काण्डमा समातिएका व्यक्ति मजदुरी गर्ने मानिस भएकोले उनीहरूलाई मेरो जिम्मामा छुटाएको वडाध्यक्ष गणेशको भनाइ छ । आर्थिक अवस्था न्युन भएका कारण परिवारको बिचल्लीलाई ध्यानमा राखेर छुटाइएको उनको भनाइ छ ।
कपडा मात्र बरामद भएको सशस्त्र प्रहरी केचनाका इन्सपेक्टर भक्तबहादुर थापाले जनाए । तीन पोकामा रहेको ३९ हजार ५ सय ५० रुपैयाँ मूल्याङकन गरी सोमबार भद्रपुर भन्सार बुझाइएको उनले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअबैध बाटोबाट कपडा ल्याउनेलाई वडाध्यक्षले छुटाए, कपडामात्र पक्रेको प्रहरीको भनाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img