Homeसमाचारराप्रपाको जिल्ला समिती नै कांग्रेसमा प्रवेस, गैर कम्युनिस्ट एकताको बिकल्प छैन –राई

राप्रपाको जिल्ला समिती नै कांग्रेसमा प्रवेस, गैर कम्युनिस्ट एकताको बिकल्प छैन –राई

झापा ८ भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त झापाको सिङ्गो जिल्ला समिति नेपाली कांग्रेसमा प्रवेश गरेको छ । नेपाली कांग्रेस झापाको आयोजनामा आज(सोमबार) विर्तामोडमा सम्पन्न बृहद पार्टी प्रवेश कार्यक्रममा ३७ सदस्यीय समितिमध्ये सभापति, पदाधिकारी, ३५ सदस्यसहित दुईसय बढी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
यसरी प्रवेश गर्नेहरुमा राप्रपा संयुक्त झापाका सभापति ओम मिश्र, उपाध्यक्ष चन्द्रप्रसाद योङ्या, विष्णु धिमाल, सचिव नेत्र कार्की, सहसचिव युद्ध लामिछाने, कोषाध्यक्ष कुलवहादुर धिमाललगायत समितिका सम्पूर्ण पदाधिकारी सदस्य, क्षेत्रीय समितिका सभापति, पदाधिकारी, सदस्य, लगायत रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै अग्रज नेता दिलिप राईले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मर्मलाई आत्मसात गरेरै कांग्रेसले मुलुकको हित र प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदान देखेर प्रवेश गरेको बताउनुभयो । ‘मुलुकको राजनीति गैरकम्युनिष्ट र कम्युनिष्टमा स्पष्ट विभाजन हुने देखिएको छ, गैह्र कम्युनिष्टको नेतृत्व अब कांग्रेसले गर्नुपर्छ’–नेता राईले भन्नुभयो–‘पार्टीमा आबद्ध नभएका गैह्र कम्युनिष्टलाई पनि कांग्रेसले पार्टी नीतिभित्र रहेर गोलबद्ध गर्नुपर्छ, त्यो क्षमता कांग्रेसमा देखेरै आएका हौं ।’ गैह्र कम्युनिष्टले मात्रै राष्ट्रियताको सम्मान, मुलुकको हित र गर्न सक्ने उहाँको भनाई थियो । अर्का नेता ओम मिश्रले प्रजातन्त्रमा आस्था राख्ने गैह्र कम्युनिष्टहरुबीच मोर्चावन्दी आवश्यक रहेको धारणा राख्नुभयो ।
विद्यार्थी संगठनका केन्द्रीय महासचिव रविन्द्र ढुङ्गानाले प्रजातन्त्रमाथि देखिएको खतराको अन्त्य गर्न कांग्रेसलाई वलियो बनाउनुको विकल्प नदेखेर राष्ट्र बनाउने स्वार्थसहित प्रजातान्त्रिक शक्ति कांग्रेसमा प्रवेश गरेको बताउनुभयो ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको विद्यार्थी संगठनका केन्द्रीय महामन्त्री रविन्द्र ढुङ्गाना, विद्यार्थी नेताहरु मिलन भण्डारी, विजय राई, निकेश थापा, रत्न धिमालसहित झापा जिल्ला समितिका पदाधिकारी÷सदस्यहरु कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, सरिता प्रसाई, सुधिरकुमार शिवाकोटी, प्रदेश सांसद ओम सरावगी, झापा सभापति उद्वव थापा, उपसभापति राम कटेल, सचिव प्रेम सम्बाहाम्फे, कोषाध्यक्ष केशवराज पाण्डे, सहसचिव राजेन्द्र भण्डारी, प्रवक्ता लोकराज ढकाल, संविधानसभा सदस्य विश्वदीप लिङ्देन, पूर्व उपसभापति देउमान थेवे, महासमिति सदस्य सिता पौडेल, गणेशमान स्मृति प्रतिष्ठान अध्यक्ष सन्तोष मेनेङ्वो, नेपाल महिला संघ केन्द्रीय सदस्य झापा सभापति सुशिला ढकाललगायले पार्टीको सदस्यता प्रदान गर्दै अविर लगाएर स्वागत गर्नुभएको थियो ।
राप्रपा संयुक्तका झापामा ५ हजार बढी कार्यकर्ता रहेको र ती सबै कार्यकर्ताहरु कांग्रेस प्रवेशको तयारीमा रहेको अगुवा नेता दिलिप राईले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारराप्रपाको जिल्ला समिती नै कांग्रेसमा प्रवेस, गैर कम्युनिस्ट एकताको बिकल्प छैन –राई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img