HomeFeatured 2चस्मा किन्ने नाममा भिषा आउँछ, तर अध्ययनका लागि आउँदैन

चस्मा किन्ने नाममा भिषा आउँछ, तर अध्ययनका लागि आउँदैन

अर्जुन आचार्य


विराटनगर । चिनका विभिन्न मेडिकल कलेजमा अध्ययनरत पाँचसय बढी नेपाली विद्यार्थीहरु पुनः अध्ययनका लागि चिन जान नपाउँदा समस्यामा परेका छन् ।
चिन सरकारले कोभिड–१९ (कोरोना) संक्रमणका कारण भिषामा रोक लगाएको छ । जसका कारण विद्यार्थीहरु मारमा परेका हुन् । नेपाल सरकारले चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थीहरुको संवेदनशीता बुझेर भिषा अनुमतिका लागि कुनै पहल नगरेका कारण पनि समस्या भएको पीडित विद्यार्थीहरुको दाबी छ ।
चिनमा अध्ययन गरिरहेका साढे ५ वर्षे एमबिबिएस कोर्ष तथा ३ वर्षे मास्टर्स तथा पिएचडिका विद्यार्थीहरु १ फेब्रुअरी २०२० मा जाडोको छुट्टीमा नेपाल आएका थिए । कतिपय विद्यार्थीहरु भने कोरोना महामारी चिनमा फैलिएपछि सुरक्षित हुन नेपाल आएका थिए । चिनमा कोरोना भाइरस महामारी नियन्त्रण भइसके पनि विश्वका अन्य मुलुकमा फैलिइरहेको कारण चिनले विदेशी नागरिक तथा विद्यार्थीहरुलाई आफ्नो देश भित्रिन कडाइ गरेको छ ।
एकातिर अध्ययनका लागि चिन जान नपाउने अर्कोतिर प्राक्टिकल अध्ययन बिना प्राप्त प्रमाणपत्रलाई मान्यता दिन नसकिने नेपाल मेडिकल काउन्सिलको स्पष्टोक्तिले विद्यार्थीहरु झन् अप्ठ्यारोमा परेका छन् । नेपालबाट चिनमा एमबिबिएस अध्ययनका लागि अधिकांश विद्यार्थीहरु आफ्नै खर्चमा र केही छात्रवृत्तीमा गइरहेका छन् भने मास्टर्स अध्ययनका लागि भने अधिकांश विद्यार्थीहरु छात्रवृत्तीमा गएका हुन् ।


‘हामी जाडोको छुट्टी मनाउन नेपाल आएको ७ महिना भइसक्यो, चाइनाले भिषा दिएको छैन, नेपाल सरकारले हामीलाई पठाउनका लागि आवश्यक पहल नै गरेन,’ चिनको सान्छी प्रदेशको सियान च्याउथोङ युनिभर्सिटीमा मास्टर्स सर्जरीमा अध्ययनरत चितवनका एङ्गेल्स न्यौपानेले भने, ‘हामीले सरोकारवाला सबैलाई निवेदन दिएका छौं, हुन्छहुन्छ मात्रै भन्छन्, तर काम भएन ।’ न्यौपानेका अनुसार ५ सय नेपाली विद्यार्थीहरु चाइनाका विभिन्न मेडिकल युनिभर्सिटीमा अध्ययन गर्दै आएका छन् । त्यसमध्ये ३ सय एमबिबिएस र २ सय मास्टर्सका हुन् ।
नेपाल मेडिकल काउन्सिलले यसअघि एक सूचना जारी गर्दै शैद्धान्तिक कोर्ष तथा थेसिसहरु अनलाइनबाटै पनि अध्ययन गर्नसकिने भए पनि प्राक्टिकल विषयहरु सम्बन्धीत ठाउँमै गएर अध्ययन गर्नुपर्ने बताएको थियो ।
‘स्वदेश तथा विदेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका तर, कोभिड–१९ महामारीका कारण साविक अध्ययनमा निरन्तरता हुन नसकेका चिकित्साशास्त्रको स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीको अध्ययन मान्यताका विषयमा नेपाल मेडिकल काउन्सिलमा विभिन्न माध्याममार्फत सोधपुछ तथा निवेदनहरु प्राप्त भएकोले यस विषयमा काउन्सिलले ‘शैद्धान्तिक कक्षाको पढाईबारे सम्बन्धीत कलेज/विश्वविद्यालयले व्यवस्था गरेबमोजिम हुने तर प्रयोगात्मक र अस्पतालमा गई बिरामीको हेरचाह गर्नुपर्ने विषयमा कलेज/अस्पतालमा उपस्थित भई पूर्ववत हाजिर भएर गरिएको अध्ययनलाई मात्र मान्यता दिने’ भनि निर्णय गरेको हुँदा सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थीहरुको अध्ययन, अध्यापन सम्बन्धमा सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिलले भनेको छ ।
चिनको चियान्जिङस्थित चियान्जिङ मेडिकल युनिभर्सिटी मास्टर्स सर्जरीमै अध्ययनरत काठमाडौंका सुभरत शर्मा पौडेलले आफूहरुसँगैका कतिपय साथीहरुले गत जुलाइमै पास भएर नेपाल आइसकेको बताउँदै, मन्त्रालयले पहल नगरिदिएको कारण आफूहरुले १४ महिना ढिलो हुन लागेको बताए ।
चिनमा एमबिबिएस अध्ययनका लागि आफ्नै खर्च गर्नेहरुले लगभग ५० लाख रुपैयाँ खर्च गर्नुपर्छ भने मास्टर्सका लागि ६० लाख खर्च हुने पौडेलको भनाइ छ । छात्रवृत्तीमा गएका विद्यार्थीहरुले ३ वर्षको समयावधि गुज्रिएपछि आफैं खर्च गर्नुपर्ने अवस्था आएको क्यापिटल मेडिकल युनिभर्सिटी बेइजिङमा अध्ययनरत काठमाडौंकी रस्मि महर्जनले गुनासो गरिन् । थप १ वर्षका लागि २० लाखसम्म रकम थप खर्च हुने पीडित विद्यार्थीको भनाइ छ । ‘एकातिर समयको बर्बादी, अर्कोतर्फ २० लाख रुपैयाँ खर्च बढीहुने भएपछि तनाब बढेको छ,’ पौडेलले भने ।
यस विषयमा आफूहरुले ििचनया दुताबासमा कुरा गर्दा नेपाल सरकार परराष्ट्र मन्त्रालयले भने आफूहरुले भिषा अनुमति दिने बताएको जानकारी दिँदै एङ्गेल्स न्यौपानेले भने नेपाल सरकारले कुनै ध्यान नदिएको बताए । ‘चिनको दुताबासले हामीलाई परराष्ट्र मन्त्रालयबाट चिठी ल्याउनु भनेको छ, मन्त्रालयले चिठी नै दिँदैन,’ न्यौपानेले भने, ‘हामीले परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय, राष्ट्रपति कार्यालयमा पनि निवेदन दिएका छौं, सचिवहरुले पहल गर्छौं भनेका थिए, अहिले सोध्दा हुँदैछ तपाईहरुको कागज आउँदैछ भन्छन्, तर, अहिलेसम्म काम भएको छैन ।’
पहलका लागि आफूहरु मन्त्रालय जान पनि नसकेको न्यौपानेको भनाइ छ । ‘अहिले त सिंहदरबार जान पनि रोक लगाइएको छ, हाम्रो प्रक्रिया काहाँ पुग्यो गएर बुझ्न नि पाइँदैन, फोनबाट राम्रो रेस्पोन्स पनि हुँदैन,’ उनले भने ।
सरकारले महामारीको समयमा डाक्टरहरु उत्पादनमा बढी ध्यान दिनुको साटो आफूहरुलाई हतोत्साहि गरेको उनीहरुको भनाइ छ । ‘हामीलाई अध्ययनका लागि छिटो पठाउनु प¥यो, महामारीको विषयमा डाक्टरहरु उत्पादन गर्न प्रोत्साहन गर्नुको साटो, हतोत्साहि बनाउने काम भयो,’ साउथर्न मेडिकल युनिभर्सिटी, ग्वान्जाओमा एमबिबिएस अध्ययनरत भक्तपुगरका लक्ष्मीराज घिमिरेले भने, ‘सामान्य बिजनेस मेनहरुलाई चाहिं भिषा दिइरहेको छ, तर हामीलाई दिँदैन ।’ उनले चस्मा किन्ने नाममा वा हेलमेट किन्ने नाममा भिषाको पहल गरिदिने नेपाल सरकारले आफूहरुको संवेदनशिलता नबुझेको बताए ।
‘कतिपय विद्यार्थीले २ वर्ष ७ महिना अध्ययन गरिसकेका छन् । ४ महिना नपुग्दा पनि मान्यता भएन, उता पनि कोठाभाडा तिरिरहेनु परेको छ,’ न्यौपानेले भने, ‘आफ्नै निजी खर्चमा हामी जाने हो, सरकारको कुनै खर्च गर्दैनौं भन्दा पनि प्रक्रिया पुरा गर्न आलटाल भइरहेको छ ।’
चाइनाको शिक्षा मन्त्रालयले भर्खरै कलेजहरुले नोटिस पठाए मात्रै बोलाउने नत्र नबोलाउने भन्दै सूचना जारी गरेको छ । यहीबिचमा चाइनामा अध्ययन गरिरहेका पाकिस्तान, कोरिया तथा बंगलादेशका विद्यार्थीहरु अध्यययनका लागि चिन फर्किसकेको भएपनि नेपालबाट आफूहरु जान नपाएको उनीहरुको गुनासो छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चस्मा किन्ने नाममा भिषा आउँछ, तर अध्ययनका लागि आउँदैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img