Homeसमाचारसातजनाको मृत्यु, ६८१ मा संक्रमण पुष्टि

सातजनाको मृत्यु, ६८१ मा संक्रमण पुष्टि

झापा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा झापासहित देशभर ६८१ जनामा संक्रमणको पुष्टि भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४ पुगेको छ भने कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । यी मध्ये १७ हजार ७०० जना निको भइसकेका छन् ।
पर्साको बीरगंज महानगरपालिकाको भिश्वा, विर्ता र रेशमकोटीका क्रमशः ५७, ८४ र ४० वर्षका तीनजनाको मृत्यु भएको छ । त्यस्तै सुनसरीमा ७१ वर्षिय एक महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधबार मृत्यु भएको बताइएको छ। भने काठमाडौं, भक्तपुर, मकवानपुर र सुनसरीमा एक÷एक जनाको मृत्यु भएको छ । भक्तपुर, सूर्यविनायककी ६१ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलकी ६१ वर्षका पुरुषमा मृत्युपछि संक्रमण पुष्टि भएको छ । उनको मंगलबार राति मृत्यु भएको थियो ।
काठमाडौं महानगरपालिका असनका ९४ वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । निमोनियाका बिरामी उनको भदौ १ गते मृत्यु भएको र २ गते स्वाब सं‌कलन गरी बुधबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने वीरगञ्जमा तीन जना र हेटौंडाका एक जनाको मत्यु समावेश गर्न बाँकी छ ।
संक्रमित थपिएका जिल्ला
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पर्सामा १०८ जना, मोरङका ६९, रुपन्देहीका ५२, धनुषाका २८, सुनसरीका २६, चितवनका २४, सर्लाहीका १९, बाँकेका १८, सल्यानका १७, झापाका १६, बाराका १५, सप्तरी र सुर्खेतका १३र१३ जना, महोत्तरी र नवलपुरका १२र१२ जना र जुम्लाका ९ , महोत्तरीका ८, कपिलवस्तुका ६, कास्कीका ५, रौतहट, तनहुँ, दैलेख र डोटीका ४ जना, गोरखा, लजमुङ, दाङ, अछाम र कैलालीका ३÷३ जना, प्युठान र बर्दियाका २÷२ जना तथा ओखलढुंगा, पाँचथर, धादिङ, नवलपरासी, पाल्पा र डोल्पाका १÷१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसातजनाको मृत्यु, ६८१ मा संक्रमण पुष्टि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img