Homeसमाचारपत्रकार बानियाँको मृत्यु अस्वाभाविक भन्दै पोख्रेलद्वारा छानविनको माग

पत्रकार बानियाँको मृत्यु अस्वाभाविक भन्दै पोख्रेलद्वारा छानविनको माग

दाङ ३० साउन । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकार बलराम बानियाँको रहस्यमयी मृत्युको गम्भीरतापूर्वक छानविन गर्न माग गर्नुभएको छ ।
रेडियो कार्यक्रम ‘शान्त तलाउ’को समिक्षात्मक कार्यक्रममा शुक्रवार दाङको तुलसीपुरमा बोल्दै केन्द्रीय उपाध्यक्ष पोख्रेलले बानियाँको मृत्युलाई स्वभाविक नसकिने बताउँदै छानविनको माग गर्नुभएको हो । मृत्युलाई मान्न सकिने कुनै पनि ठाउँ नभएको बताउँदै उपाध्यक्ष पोख्रेलले मृत्युबारे छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन राज्यसँग माग गर्नुभएको हो । निष्ठापूर्वक २५ बर्षभन्दा लामो समय पत्रकारिता गरेका व्यक्तिको यसरी रहस्यमय ढंगले मृत्यु हुनु नेपाली समाजका लागि चुनौती हो’–घट्नाको चित्रण गर्दा खोलामा जुत्ता अट्किएर दुर्घटना भएको भनिएको सन्दर्भप्रति संकेत गर्दै पोख्रेलले भन्नुभयो–‘राजधानीमै यस्तो अवस्था छ भने दुरदराजका बासिन्दाहरु जोखिमपूर्ण अवस्थासँग जुध्दैछन् भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।’ उपाध्यक्ष पोख्रेलले रहस्यमय ढंगले र अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न राज्यका सवै संयन्त्रहरु गम्भीर हुनुपर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका बानियाँ कान्तिपुर दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत रहेका थिए । बानियाँको शव साउनको २८ मकवानपुरको सिस्नेरीस्थित मान्डु जलविद्युत परियोजनाको क्षेत्रमा फेला परेको प्रहरीले जनाएको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपत्रकार बानियाँको मृत्यु अस्वाभाविक भन्दै पोख्रेलद्वारा छानविनको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img