HomeFeatured 2सिटौलाको प्रश्न सरकार कम्युनिष्टका लागि मात्रै कि नेपाली जनताका लागि ?

सिटौलाको प्रश्न सरकार कम्युनिष्टका लागि मात्रै कि नेपाली जनताका लागि ?

दमक ३० साउन । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले वर्तमान कम्युनिष्ट सरकारले नेपाली जनताको लागि नभई केवल कम्युनिष्टहरुका लागि मात्रै काम गरिरहेको आरोप लगाउनु भएको छ । कोरोना महामारी पछि उत्पन्न परिस्थितिमा वर्तमान सरकार कम्युनिष्टहरुका लागि मात्रै भएको दृष्टान्त प्रस्तुत गर्दै नेता सिटौलाले कम्युनिष्टहरुको अधिनायकवादका विरुद्ध नेपाली जनताले कांग्रेसलाई सडकमा बोलाइरहेको जिकिर गर्नुभयो । आज (शुक्रबार) गृह जिल्ला झापाको क्षेत्र नं ५ अन्तर्गतको कमल गाउँपालिकामा आज पार्टीको गाउँ समितिले आयोजना गरेको नवप्रवेशीहरुको स्वागत तथा अगुवा कार्यकर्ताहरुको भेटघाट कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो बताउनु भएको हो ।
कोरोना संक्रमणपछि घोषणा गरिएको लकडाउनमा राहत बाँड्ने, काठमाडौं र विदेशका विभिन्न ठाउँबाट गरीब मजदुरहरुको उद्धार गर्ने मामिलामा समेत सरकारले कम्युनिजम भित्र्याएको उहाँले बताउनु भयो । सिटौलाले भन्नुभयो– यस्तो संक्रमणको बेला कमसेकम सबै नेपाली जनतामाथि न्याय हुनुपर्नेमा कम्युनिष्ट भए तिनको उद्धार हुने, कम्युनिष्टले चलाउने गाडीका पास पाइने कांग्रेस वा अरुका गाडीले पास नपाउने सम्मको हर्कत कम्युनिष्ट सरकारले देखायो ।
सक्षिंप्त सम्बोधनका क्रममा नेता सिटौलाले वर्तमान सरकारको ३ बर्षको कार्यकाल व्यर्थैमा वितिरहेको टिप्पणी गर्दै भने– म धेरै भन्न चाहन्न प्रधानमन्त्री ज्यूले नै निर्वाचन जितेको क्षेत्रमा उभिएर बोलिरहेको छु भन्नुहोस यो ३ बर्षमा सरकारले जनतालाई के दियो रु केवल सत्ताकै लागि अन्तर संघर्षमा उहाँहरु रुमलिइरहनु भएको छ । जनताले कम्युनिष्ट सरकारको असली रुपम देखिसके ।
कम्युनिष्ट सरकार विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका नेता सिटौला आफ्नै पार्टीको नेतृत्वप्रति पनि घुमाउरो शैलीमा कडा रुपमा प्रस्तुत हुनुभएको थियो । पार्टीको १३ औं महाधिवेशन सम्म कुनै समस्या नरहेको तर आसन्न १४ औं महाधिवेशनप्रति भने केन्द्रस्तरमा प्रशस्त आशंकाहरु उब्जिन थालेको संकेत गर्नुभयो । १४ औं महाधिवेशनपछि वर्तमान सरकार विरुद्ध कांग्रेसले नयाँ संघर्षको थालनी गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि एकताबद्ध र बलियो कांग्रेसको आवश्यकता रहेको पनि उहाँको भनाई थियो ।
कांग्रेस सभापति शेरबहादु देउवाप्रति लक्षित गर्दै नेता सिटौलाले पार्टी विचार, नीति र सिद्धान्तको आधारमा चल्नुपर्ने बताउँदै भन्नुभयो–‘अधिवेशनपछि मेरो , तेरोको भावना छोड्नुस । हिजोको नशाले देश चल्दैन । चारैतिर कम्युनिष्टको घेरा छ । प्रतिपक्ष कांग्रेसलाई जनताले सडक आउन भनिरहेका छन । त्यसका लागि संघर्षशील र सक्षम कांग्रेस निर्माणको अभियानमा जुट्नु छ ।’

१७० जना कांग्रेसमा प्रवेश

कांग्रेस कमल गाउँ समितिका सभापति खगेन भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका १७० जना नवप्रवेशीलाई नेता सिटौलाले पार्टी सदस्यता प्रदान गर्नुभएको थियो भने कांग्रेस झापा सभापति उद्धव थापा, महासमिति सदस्य देउमान थेवे, टिकाराज सापकोटा र जिल्ला सदस्य हुकुमसिंह राईले अविर लगाएर स्वागत गर्दै पार्टीको झण्डा प्रदान गरेका थिए । कार्यक्रममा पार्टी जिल्ला सभापति थापा, नेता थेवे र क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले शुभकामना मन्तव्य राखेका थिए । कांग्रेस कमलका सहसभापति राजकुमार न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव महेन्द्र बुढाथोकीले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सिटौलाको प्रश्न सरकार कम्युनिष्टका लागि मात्रै कि नेपाली जनताका लागि ?
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img