Homeसमाचार१८ लाख बढीको ओरियनको बरामदी सामग्री भन्सारमा

१८ लाख बढीको ओरियनको बरामदी सामग्री भन्सारमा

भद्रपुर । भन्सार छली गरी अवैध रुपमा नेपाल भित्र्याइएका ओरियन कम्पनीका १८ लाख बढी मूल्यका विभिन्न सामग्रीहरु झापा प्रहरीले नियन्त्रणमा लिएका सामग्री भन्सारमा बुझाइएको छ ।
भन्सार छलेर अवैध रुपमा सामान नेपाल भित्र्याएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मंगलबार राति मेचीनगर–१५ हेल्दुबारीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकृत राकेश थापाले जानकारी दिनुभयो ।


भारतीय कम्पनी ओरियनले उत्पादन गरेका Dietary Supplement(Spirulina, Detoxy One, Nephrofit, De-Lipo, Wheatgrass, Strong Liv नाम भएको ९८२ बट्टा १८ लाख ७९ हजार छसय मूल्य बराबरको सामग्री नियन्त्रणमा लिएको थियो भने सोही स्थानबाट ६८ हजार बढीको कुर्ता सुरुवाल र बाबा खैनी समेत बरामद गरेको बताइएको छ । बरामदी सबै सामग्री मंगलबारै भन्सार बुझाएको प्रहरीले जनाएको छ । औषधी व्यवस्था विभाग अन्तरगत आफ्ना उत्पादन नेपालमा विक्री वितरण गर्न पाउने गरी भारतीय कम्पनी ओरियनले दर्ता गराएका विभिन्न १८ किसिमका सामग्री दर्ता गराएको भएपनि भन्सार छलेर नेपाल भित्र्याएका कारण नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार१८ लाख बढीको ओरियनको बरामदी सामग्री भन्सारमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img