मानिसको जन्मदिन मनाउने आ आफ्नै तरिका हुन्छ,कोही साथीभाई भेला गर्छन, पार्टी गर्छन, खानपिन गर्छन त कोही मन्दिर धाउँछन, पूजा पाठमा ब्यस्त हुन्छन। तर झापाकी पहिलो पत्रकार महिला राधा शर्मा चौलागाइले आफ्नो जन्मदिन मुसहर बस्तिमा राहत सामग्री बितरण गरेर मनाएकी छन।
हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी शर्माले झापा विर्तामोड नगरपालिका अन्तरगत वडा नं. ३ र १० को सिमामा पर्ने मुसहर बस्तीका २१ परिवारलाई लगभग ११ हजार मूल्य बराबरको खाद्य सामग्री बितरणको लागी नगद पठाएको कार्यक्रम सयोजक रन्जु बरालले जानकारी दिइन।

मुसहर बस्तिमा आइतबार आयोजित सहयोग सामाग्री बितरण कार्यक्रममा खाध सामग्री साथै कोरोनाबाट सुरक्षित रहन स्थानिय मुसहर समुदायमा मास्क समेत बितरण गरिएको थियो।
कोरोना कहरबाट अत्यन्तै प्रभावित अमेरिका, त्यसमाथी आफू बेरोजगारी समस्याबाट गुज्रिरहेका बेला पनि शर्माले मुसहर बस्तिमा सहयोग गरेकोमा कार्यक्रममा उपस्थित पत्रकार महासंघ झापा उपाध्यक्ष भिमा शिवाकोटी, नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष साबित्रा दाहाल,संचारकर्मी स्वस्तिका आचार्य, बिजय बराल लगायतले प्रशसा गरेका थिए ।
हाल मेचीनगर– ४ बाहुण्डाँगीकी स्थायी बासिन्दा राधा शर्मा झापाको पहिलो पत्रकार महिला हुनुका साथै राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो। झापामा लामो समय पत्रकारिता र राजनीति गर्दै केही बर्ष राजधानी काठमाडौंलाई पनि कर्मथलो बनाउनु भयो। हाल अमेरिकामा पनी बिभिन्न सामाजिक गतिविधिमा सक्रिय हुनुहुन्थ्यो ।
रोगले भन्दा भोकले सताएको मुसहर बस्तीमा सात समुन्द्र पारीबाट सहयोग रकम पठाउनु भएकोमा शर्माप्रति मुसहर विकास निर्माण समितिमा संयोजक इन्द्रसिङ राजबंशीले धन्यबाद दिंदै आउदाँ दिनमा पनि साथ सहयोगको अपेक्षा गर्नुभयो।

































































































