Homeसमाचारभद्रपुरका विद्यालय सञ्चालन, नेविसंघद्वारा प्रजिअको ध्यानाकर्षण

भद्रपुरका विद्यालय सञ्चालन, नेविसंघद्वारा प्रजिअको ध्यानाकर्षण

भद्रपुर १५ साउन । कोरोना भाइरस संक्रमण समुदायमा फैलिएको आशंका बढिरहेका बेला भद्रपुर नगरपालिकाका सामुदायिक तथा निजी विद्यालयहरु सञ्चालनमा रहेको पाइएको छ । सरकारले अरु सबै क्षेत्र खुल्ला गरेपछि शिक्षा क्षेत्रका विषयमा निर्णय नगरेकै अवस्थामा भद्रपुर नगरपालिकाका निजी तथा सामुदायिक विद्यालयले ९ र १० कक्षाको पढाई सञ्चालन शुरु गरेको हो ।
विद्यालय खुल्ला रहेको भन्ने सूचनाका आधारमा नेपाल विद्यार्थी संघ झापाले एमरल्ड एकाडेमी, एस.एस. निकेतन, प्रज्ञा एकाडेमी, विभुति विद्या मन्दिर, इस्ट पोइन्ट अंग्रेजी स्कुल लगायतका विद्यालयको अनुगमन गरेको थियो । अनुगमनका क्रममा माक्स, सेनिटाइजर लगायत प्रयोग गरेरै कक्षा सञ्चालन गरिरहेको पाइएको ने.वि.संघ झापाका सभापति राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।
नेविसंघ झापाका अनुसार भद्रपुर नगरपालिका शिक्षा शाखाले निर्णय गरेरै विद्यालय सञ्चालन ल्याइएको हो । कोरोना भाइरसको जोखिम बढिरहेको अवस्थामा सामुदायिक र निजी विद्यालयहरु सञ्चालनमा रहेको पाइएपछि ने.वि.संघ झापाले विद्यार्थीहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखेर तत्काल बन्द गर्न प्रमुख जिल्ला अधिकारीसँग माग गरेको छ ।


नेविसंघ झापाको टोलीले प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर, प्रहरी प्रमुख कृष्ण कोइराला, र जिल्ला शिक्षा समन्वय इकाई झापाका प्रमुख जयप्रसाद महतलाई भेटेर विद्यालय सञ्चालन भइरहेकोबारे जानकारी गराउँदै प्रशासनिक निकाय तथा जिल्ला कोरोना संक्रमण जोखिम नियन्त्रण तथा अनुगमन समितिका संयोजक समेत रहनुभएका प्रजिअको ध्यानाकर्षण गराइएको ने.वि.संघ झापाका सहसचिव मिलन चापागाईले जानकारी दिनुभयो । नेविसंघको टोलीसँग कुरा गर्दै प्रजिअ रानाले विद्यालय सञ्चालन सरकारी निर्णय विपरित भएको जनाउँदै तत्काल बन्द गराउने आश्वासन दिनुभयो ।
यसैबीच विद्यालय सञ्चालनका विषयमा भद्रपुर नगरपालिकाका उपमेयर चन्द्रा श्रेष्ठले आचार संहिता लागु गरेर केही विद्यालयहरुले कक्षा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
‘हामीले माथि पनि सम्पर्क गरेका हौं’ श्रेष्ठले भन्नुभयो–‘कोरोना संक्रमणको जोखिम कम रहेका क्षेत्रमा आचारसंहिता पालना गरेर विद्यालय सञ्चालन गर्न सकिने भन्ने कुरा आएपछि हामीले सञ्चालन गर्न भनेका हौं ।’ उहाँका अनुसार विद्यालय सञ्चालनका लागि नगरपालिकाले पनि आचारसंहिता लागु गरेको छ ।
यता भद्रपुर नगरपालिका शिक्षा शाखाका प्रमुख प्रेम भुजेलले भने नगरपालिकाले विद्यालय सञ्चालनका लागि औपचारिक निर्णय नगरेको जानकारी दिनुभयो ।
निजी तथा सामुदायिक विद्यालयका प्र.अ., राजनीतिक दलका प्रतिनिधि, नगरपालिकासहितको संयुक्त बैठकपछि तयार पारिएको आचारसंहिता पालना गरेर अभिभावकसमेतको राय लिई विद्यालय सञ्चालन गर्न भनिएपनि औपचारिक निर्णय नगरिएको भुजेलले बताउनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुरका विद्यालय सञ्चालन, नेविसंघद्वारा प्रजिअको ध्यानाकर्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img