Homeबिबिधसाउन १५ र खिरको महत्व

साउन १५ र खिरको महत्व

विर्तामोड साउन । असार १५ गते हिलोमा पसेर दहीच्युरा खाने परम्परागत चलन छ भने साउन १५ मा खिर खाने प्रचलन छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । साउन १५ मा खिर खाने कुनै धार्मिक महत्व नभएपनि यसलाई सांस्कृतिक पर्वका रुपमा लिइन्छ ।
कृषि उपजसँग सरोकार राख्ने खिर नेपाली समाजको खानामध्ये मिष्ठान्न भोजनका रुपमा पनि लिइन्छ । हरेक महिनामा एक विशेष प्रकारको खानेकुरा खाने चलनै छ–नेपाली समाजमा । त्यसै अनुरुप साउनमा खिर खाइन्छ । यो थिती पहिलेदेखि नै रहँदै आएको संस्कृतिविद् डा. जगमान गुरुङ बताउँछन् । खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि रहेको हुन्छ ।
साउनमा गाईले धेरै हरियो घाँस खान पाउने हुँदा दूध धेरै आउने भएकोले पनि यो महिनामा खिर खाने गरिएको गुरुङको बुझाइ छ । संस्कृतिविद् गुरुङका अनुसार खिरलाई शुभसाइतको प्रतिकका रुपमा पनि लिइन्छ, त्यतिमात्र होइन खिर घरमा आउने पाहुनालाई सम्मान गर्ने खाद्य बस्तुका रुपमा समेत लिइन्छ । त्रेता युगमा दशरथका ३ महारानीले खिर खाएरै गर्भ धारण गरेको तथ्य पाइने गरेको संस्कृतिविद गुरुङले बताउनुभयो । विभिन्न पूजामा प्रसादका रुपमा खिर खाने गरिन्छ भने हवन गर्ने या पायसलाई अग्नीमा चढाउने गरिन्छ ।
असार महिनामा रोपाँइ सकेपछि साउन १५ कृषकहरुले तातो खिर खाएर मनाउने गरेका हुन्छन् । असारभरी पानी हिलोमा खेल्दा सर्दी लाग्ने र तातो खिर खाँदा सर्दीबाट जोगिने विश्वास छ ।
वर्षातको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने भएकोले चामलमा कार्बोहाइड्रेट पाइन्छ । खिरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ, त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खिर हो । चामल, दूध, नरिवल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर खिर बनाउने हाम्रो चलन छ ।
लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खिरको सेवन राम्रो मानिन्छ । साउन महिनाभर खिर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेशामा आश्रित भएकाले कृषकले धान रोपेर काम सकेपछि खुशियाली स्वरूप खिर खाने परम्परा विकास भएको हो ।
नेपालमा मात्र नभएर नेपाली भाषी जातिहरुको बसोबास रहेको भारत तथा विश्वका धेरै ठाउँमा खिर खाने चलन छ । हिन्दू धर्मावलम्बीहरूका लागि साउन महिना शिवपूजन महिना भएकाले एक महिनासम्म माछा–मासु खानु नहुने मान्यताका कारण पनि साउन १५ मा खिर खाने गरेका हुन् ।
सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खिरलाई प्रसादका रूपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खिरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ । दुधमा शीतलपन प्रदान गर्ने मधुर गुण हुन्छ, मरिचले कफ हटाउन मद्दत गर्छ भने नरिबललाई आयुर्वेदमा निकृष्ट फल मानिए पनि यसमा शीतलता प्रदान गर्ने गुण हुन्छ । दाख अग्निवद्र्धक भएकाले यसले पित्त नास गर्ने क्षमता राख्छ । केसरले बल प्रदान गर्छ, वर्ण चहकिलो पार्छ र पित्त नास गर्छ । चिनीमा पनि यस्तै गुण रहेकाले यो ऋतुमा खिर भोजन गर्नु लाभप्रद हुन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
बिबिधसाउन १५ र खिरको महत्व
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img