Home‘समर्पण भवनमा पिसिआर संचालनमा ल्याउन नदिने कुरा गलत’

‘समर्पण भवनमा पिसिआर संचालनमा ल्याउन नदिने कुरा गलत’

अवरोध हटाउने मन्त्रीको प्रतिवद्धता

झापा १० साउन । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न एकका लागि एक अभियानलाई कसैले अवरोध पुर्याउन नसक्ने बताउनु भएको छ ।
शुक्रबार साँझ अन्तर्राष्ट्रिय झापाली समाजले आयोजना गरेको भच्र्युअल बैठकमा मन्त्री कार्कीले कहीँकतैबाट अवरोध आए त्यसलाई हटाउन आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको हो । अभियानले कनकाईको कोटिहोमस्थित समर्पण भवनमा ल्याब स्थापना गरेर सरकारलाई हस्तान्तरण गर्ने यसअघि नै बताएको छ ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइको नाममा झापामा मेची अस्पताललाई मात्र ल्याब सञ्चालनको स्वीकृति दिने पत्र आएको बताइएको छ । मन्त्री कार्कीले ल्याबको संख्या बढाउनुपर्नेमा स्थापना भइसकेको ल्याब चल्न नदिने कुरा आउनु गलत भएको बताउँदै कतैबाट अवरोध आए त्यसलाई हटाउन आफू प्रतिवद्ध रहेको बताउनु भएको हो ।
‘यो ल्याब कुनै हालतमा रोकिनु हुँदैन’, मन्त्री कार्कीले भन्नुभयो, ‘संघीय सरकारले त्यस्तो निर्णय गर्नु गलत हो, यो सच्याउनुपर्छ ।’ प्रदेश १ मा कम्तिमा पाँचवटा ल्याब हुनुपर्नेमा हाल तीनवटा मात्र रहेको र स्थापना भइसकेको ल्याब तुरुन्त सञ्चालनमा ल्याइनुपर्ने कार्कीको धारणा छ ।

समर्पण भवनमा सरकार–सहकारी र समुदायको सहकार्यमा संचालन हुन लागेको पिसिआर ल्यावका लागि ल्याइएका सामग्रीहरु

बैठकमा जिल्ला समन्वय प्रमुख सोमनाथ पोर्तेलले मेची अस्पतालबाहेक अन्यत्र ल्याबको आवश्यकता नरहेको बताएपछि मन्त्री कार्कीले प्रदेशमा ल्याब पर्याप्त नरहेको र बढीभन्दा बढी ल्याब सञ्चालनमा ल्याइने बताउनु भएको हो । मन्त्री कार्कीले भन्नुभयो, ‘यो पवित्र अभियानलाई कसैले मनोबल कमजोर पार्ने गर्नु हुँदैन । तपाईंहरु (एकका लागि एक) अघि बढ्नुहोस्, कहाँ के मिल्दैन म कुरा गर्छु ।’
मन्त्री कार्कीले सरकारले निजी क्षेत्रलाई पनि न्यूनतम शुल्क लिएर ल्याब सञ्चालनको अधिकार दिइसकेकाले सञ्चालनमा अवरोध आउन नसक्ने प्रस्ट्याउनु भयो । मेची अस्पतालको मातहतमा ल्याब सञ्चालन हुन नसके एकका लागि एक अभियानलाई कानुन संशोधन गरेर भए पनि अनुमति दिनुपर्ने उहाँको भनाइ छ ।
अभियान सुरु हुनुभन्दा अगाडि आफूसँग पटकपटक छलफल भएको कार्कीले बताउनु भयो । ल्याबका विषयमा पनि आफू र सामाजिक विकास मन्त्रालयलाई अगाडि नै जानकारी गराइएको र कोटिहोम क्षेत्र भौगोलिक तथा अन्य हिसाबले पनि उपयुक्त स्थान रहेको उहाँको भनाइ छ । बैठकमा विश्वकर्माले भने अभियानले स्थापना गर्ने ल्याबका बारेमा आफूलाई थाहा नै नभएको बताउनु भएको थियो ।
त्यस्तै, मन्त्री कार्कीले समर्पण भवनमा सञ्चालनमा आउने ल्याबका लागि प्राविधिक खोजेर भए पनि ल्याउन जरुरी रहको बताउनु भयो । ‘प्राविधिक कहाँ छन्, मेचीमा, धरानमा वा विराटनगर, उनीहरुलाई ल्याउनुपर्छ’, मन्त्री कार्कीले बैठकमा भन्नुभएको छ्, ‘गाँठो कहाँ परेको छ, सरकारले फुकाउनुपर्छ ।’
समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा भएको बैठकमा संघीय सांसद एलपी साँवा, राजेन्द्र लिङदेन, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायत झापाली राजनीतिज्ञ सहभागी थिए । उनीहरुले कोटिहोममा पिसिआर ल्याब स्थापना भइसकेको र यथासक्य चाँडो सञ्चालनमा ल्याउन सरकार लाग्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा अभियानका संयोजक महेन्द्रकुमार गिरीले समुदाय, सहकारी र सरकारको सहकार्यमा ल्याब सञ्चालनमा आउने स्पष्ट पार्नुभएको थियो । हालसम्म एक करोड ६८ लाख रुपैयाँ संकलन भइसकेको र ४७ लाख रुपैयाँ खाद्यान्न, भिटिएम, आरडिटी लगायतमा खर्च भएको गिरीले बताउनु भयो ।
त्यस्तै, बैठकमा समाजका संरक्षक तथा निवर्तमान अध्यक्ष दिनेश पोखरेलले केही भ्रामक समाचारका कारण अन्योलता सिर्जना भए पनि यथार्थ त्यस्तो नरहेको प्रस्ट पार्नुभयो । उहाँले अभियानका नेतृत्व र सदस्यहरु चिनिएका सामाजिक व्यक्तित्व भएकाले नडगमगाई काम गर्न अनुरोध गर्नुभयो ।
समाजका उपाध्यक्ष दिपक ओलीले सहजीकरण गरेको बैठकमा समाजका पदाधिकारी तथा सदस्यहरु, संरक्षक तथा सल्लाहकारहरु, राष्ट्रिय समितिका सदस्यहरु, अभियानका सदस्यहरु तथा पत्रकारको सहभागिता रहेको थियो ।
यसैबीच, समाजका तर्फबाट पिसिआर ल्याब खरिदका लागि रकम संकलन संयोजक तथा वरिष्ठ उपाध्यक्ष दिपक खनालले साउन १२ गते बिर्तामोडमा एक कार्यक्रमका बीच अभियानलाई २५ लाख रुपैयाँका चेक हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
‘समर्पण भवनमा पिसिआर संचालनमा ल्याउन नदिने कुरा गलत’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img