Homeसमाचारसमाचारप्रदेश सरकारले दियो मेची अस्पताललाई पिसिआर मेसीन

प्रदेश सरकारले दियो मेची अस्पताललाई पिसिआर मेसीन

विराटनगर ९ साउन । भद्रपुरस्थित मेची अस्पतालमा सञ्चालन हुने गरी १ नं. प्रदेश सरकारले आरटिपिआर मेसीन हस्तान्तरण गरेको छ ।
स्वीजरल्याण्ड सरकारले १ नं. प्रदेश सरकारलाई उपलब्ध गराएको कोरोना भाइरस परीक्षण गर्ने अत्याधुनिक पिसिआर मेसीन मुख्यमन्त्री शेरधन राईले झापा क्षेत्र नं.–३ बाट प्रदेश सांसद बसन्त बानियाँसहितको टोलीलाई हस्तान्तरण गर्नु भएको हो ।
मेची अस्पतालमा पिसिआर मेसीन उपलब्ध गराउने प्रतिवद्धता अनुसार स्वीजरल्याण्ड सरकारका प्रतिनिधि अमन गोन्छेले मेसीन हस्तान्तरण गरे लगत्तै सोही कार्यक्रममा मुख्य मन्त्री राईले सांसद बानियाँलाई उक्त मेसीन हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरित मेसीन शुक्रबारै भद्रपुर आइपुगेको बताइएको छ ।
स्वीजरल्याण्ड सरकारबाट पिसिआर मेसीन हस्तान्तरण हुँदैछ भन्ने थाहा पाएपछि झापाका सांसदहरुले मुख्यमन्त्री राईलाई उक्त मेसीन मेची अस्पताललाई दिन दवाव दिएका थिए । प्रदेश सरकारलाई प्राप्त भएको उक्त मेसीन धरानमा दिने सुनेपछि झापाका सांसदहरुले मुख्य मन्त्रीलाई दवाव दिएको स्रोतले जनाएको छ।
साउन १२ गतेसम्ममा प्राविधिक तयारी सम्पन्न गरी १३ गतेदेखि परीक्षण शुरु गर्ने तयारी भइरहेको सांसद बानियाले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले प्रदान गरेको अत्याधुनिक मेसीनले ९० जनासम्मको पिसिआर परीक्षण गर्न सकिने छ ।
हाललाई उक्त मेसीन अस्पतालको एनआइसीयु कक्षमा राख्ने निर्णय भएको सांसद बानियाले जानकारी दिनुभयो । निर्माणाधिन भवनमा आइसोलेसन कक्षा सञ्चालन गर्ने र जनस्वास्थ्य कार्यालयको सभाहलमा पिसिआर मेसीन राख्ने यसअघि निर्णय भएपनि प्राविधिक टोलीले उक्त हलमा पिसिआर मेसीन राख्न नमिल्ने बताएपछि तत्काललाई अस्पतालको एनआइसीयु कक्षमा राख्ने तयारी भएको सांसद बानियाले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारप्रदेश सरकारले दियो मेची अस्पताललाई पिसिआर मेसीन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img