विर्तामोड ९ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवसको अवसर पारेर अपाङ्ग वालशिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका वालवालिकाहरुलाई खाद्यान्न सामग्री तथा नगद सहयोग प्रदान गरिएको छ ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान विर्तामोड –४ झापाको आयोजनामा अर्जुनधारा–६ कप्तानवारीस्थित अपाङ्ग वालशिक्षा सरोकार केन्द्रमा आयोजित कार्यक्रमका बीच सहयोग प्रदान गरिएको हो ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान विर्तामोड–४ झापाका अध्यक्ष ज्योतिसिंह दर्लामीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अपाङ्ग वालशिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलालले स्वागत गरेका थिए ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, अर्जुनधारा (६ का वडाध्यक्ष लोकनाथ गौतम लगायतले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको योेगदानको बारेमा चर्चा गर्दै उनले देखाएको पथमा लाग्नुपर्नेमाम जोड दिएका थिए ।
कार्यक्रममा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान विर्तामोड –४ झापाका सञ्चालकहरु विष्णुप्रसाद चुडाल , जनवहादुर जवेगू , अर्जुनधारा –६ का वडा सदस्यहरु अर्जुन मेचे, टुम्मनाथ काफ्ले, माया खाती, लक्ष्मी महतारा , नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका लेखापाल मिलन पोखरेल , सह लेखापाल सौरभ भट्टराई , तारा न्यौपाने, मनुराम चिमरिया , दिवाकरलाल चौधरीलगायतको सहभागिता रहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा २०७६ सालमा झापाको विर्तामोड–४ मा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान झापा शाखा स्थापना गरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) संग सम्झौता गरेर एकसय ८० जनालाई निःशुल्क कम्प्युटर शिक्षा , व्युटिशियन , सिलाईकटाई , मौरीपालन , वाख्रापालन , वेमौसमी तरकारी खेती ,पशु स्वास्थ्य कार्यकर्ता तालिम प्रदान गरेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान विर्तामोड –४ झापाका अध्यक्ष ज्योतिसिंह दर्लामी जानकारी दिनुभयो ।
त्यस्तै नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान झापाले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) संग सम्झौता गरेर एसईई परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुकालागी तीन वर्षे डिप्लोमा तहका बाली विज्ञान , पशु विज्ञान , वन विज्ञानका कोर्षहरु सञ्चालन गरिने उनले वताए । कार्यक्रमको सञ्चालन नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान विर्तामोड –४ झापाका सचिव जयप्रसाद भट्टराईले गरेका थिए ।
कर्माचार्यको स्मृति दिवसमा अपाङ्ग केन्द्रलाई सहयोग



















