Homeसमाचारकांग्रेसको संशोधित विधानबारे प्रशिक्षण

कांग्रेसको संशोधित विधानबारे प्रशिक्षण


विर्तामोड ८ साउन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक भएसँगै झापाका सबै गाउँ÷नगरका वडाहरुमा क्रियाशिल सदस्यता नवीकरण प्रारम्भ भएको छ ।
नविकरण प्रारम्भ भएसँगै संसोधित विधानका प्रावधानबारे जानकारी गराउन नेपाली कांग्रेस झापा क्षेत्र नं–२ ले प्रशिक्षण सम्पन्न गरेको छ ।
क्षेत्र नं–२ अन्तर्गत प्रदेश क्षेत्र, गाउँ÷नगर र वडाका सभापतिहरु सहभागी कार्यक्रममा क्रियाशिल सदस्यता नवीकरण, नयाँ वितरणको प्रक्रिया, टोल, वार्ड, गाउँ÷नगर, प्रदेश क्षेत्र, संघीय क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समिति गठनको प्रावधानका बारे प्रशिक्षण दिइएको हो । कार्यक्रममा डि.एल.ए. झापाका पूर्व अध्यक्ष बसन्त नेपाल र नेपाली कांग्रेस झापा प्रचार–प्रसार विभाग संयोजक कृष्ण हुमागाईले प्रशिक्षण दिनुभएको थियो ।
विधानमा रहेका ब्यवस्थाका बारे सहभागीहरुले उठाएको जिज्ञाशामा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी र सरिता प्रसाई, नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, पूर्व सांसद डिल्ली सिटौला लगायतले जवाफ दिनुभएको क्षेत्रीय सहसभापति धर्म लक्सम्बाले जानकारी दिनुभयो । सबै तहका निर्वाचनमा टोल तथा वार्डको भूमिका महत्वपूर्ण हुने बताउँदै वक्ताहरुले टोल र वडा समितिलाई सशक्त बनाउन आग्रह गर्नुभएको थियो ।


नेपाली कांग्रेस २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापति त्वमा सम्पन्न सो भेलाले १३ औं महाधिवेशनमा नवीकरण छुट भएर अन्य पार्टीमा नगएकाहरुको क्रियाशिल सदस्यता नविकरण गर्ने निर्णय गरिएको क्षेत्रीय सचिव किरण श्रेष्ठले जानकारी दिनुभयो । मुलुक संघीय संरचनामा गएपछि कांग्रेसले सोही अनुरुप भातृ तथा संगठन विस्तारका लागि कांग्रेसको विधान संशोधन भएको छ ।
कोरोना भाइरसका कारण २०७६ फागुन १३ गते निर्धारित कार्यतालिका प्रभावित भएपछि गत असार २२ गते सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।
जस अन्तर्गत साउन १० गतेभित्र संघीय संरचना अनुरुप समायोजन नभएका वार्ड, गाउँ÷नगर, प्रदेश समितिहरु समायोजन गरिसक्नुपर्ने, साउन मसान्तसम्ममा क्रियाशिल सदस्यता नवीकरण तथा वितरण सम्पन्न गर्ने, भदौ मसान्तसम्ममा क्रियाशिल सदस्यता जिल्लाबाट केन्द्रमा पठाउने, असोज १५ भित्र क्रियाशिल सदस्यता छानविन प्रक्रिया सकेर मंसिर मसान्तसम्ममा क्रियाशिल सदस्यता वितरण सम्पन्न गर्ने कार्यतालिका छ ।
यसैगरी पुस ६ गते वडा अधिवेशन, पुस ८ गते गाउँ÷नगर अधिवेशन, पुस ११ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, पुस १३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन, पुस १६ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन, माघ ६ गते प्रदेश अधिवेशन र २०७७ फागुन ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेशन तय गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेसको संशोधित विधानबारे प्रशिक्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img