Homeसमाचारगाउँसभा अनिर्णयको बन्दी बन्दा दुःख पाउँदै जनता

गाउँसभा अनिर्णयको बन्दी बन्दा दुःख पाउँदै जनता

हल्दिबारी ४ साउन । असार १० गते गाउँसभामा जनप्रतिनिधि बीच उत्पन्न विवादको मारमा हल्दिबारी गाउँपालिकाका स्थानीय परेका छन् ।
गाउँसभामा उत्पन्न परिस्थितिका कारण चालु आर्थिक वर्ष २०७७/०७८ का लागि नीति, कार्यक्रम तथा बजेट पारित हुन् नसक्दा त्यसको प्रत्यक्ष मारमा स्थानीय जनता परेका हुन् ।
दैनिक नागरिकताको सिफारिसदेखि नविकरण, कर बुझाउन गाउँपालिका र सो अन्तरगतका वडा कार्यालयमा पुगेका नागरिकले काम नगरी फर्कनु परेपछि जनप्रतिनिधिहरुको टसलको चेपुवामा आफूहरु परेको स्थानीय जनताको गुनासो छ ।

प्रत्येक वडा कार्यालयहरुमा दैनिक सेवा लिन जाने सेवाग्राहीले दुःखमात्रै पाउने गरेको उनीहरुको भनाई छ । नीति, कार्यक्रम पारित नभई वडा कार्यालयहरुले राजस्व लिन नमिल्ने भएपछि करसंग सम्बन्धित सबै काम ठप्प भएको हल्दिबारी वडा नं.–४ का वडाध्यक्ष होम चुडालले जानकारी दिनुभयो ।
गाउँपरिषद अनिर्णयको बन्दी बनाएर जनतालाई दुःख दिनु जनप्रतिनिधिका लागि लज्जास्पद भएको वडाध्यक्ष चुडालले बताउनु भयो । सेवा लिन आएका जनता त्यत्तिकै फर्किनु पर्दा आफू्लाई दुःख लागेको बताउँदै चुडालले भन्नुभयो–‘यो वर्षामा कतिकाम छोडेर आएका जनताले दुःख पाउनु जनप्रतिनिधीका लागि राम्रो कुरा होइन, लामो समय गाउँपालिकालाई अनिर्णयको बन्दी बनाएर राख्नु हुन्न ।’
नागरिकता सिफारिस, मालपोत बुझाउने, नाता प्रमाणित, घरबाटो नक्सा, चारकिल्ला प्रमाणित, जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद लगायतका कामहरु वडा कार्यालयबाट हुँदै आएका छन् ।
आर्थिक वर्ष शुरु भएसंगै सेवाग्राहीबाट राजस्व लिने सबै सेवा ठप्प भएको वडा नंं–४ का वडा सचिव जयप्रसाद पोखरेलले जानकारी दिनुभयो । बर्षातको बेला खेतिको काम भइरहेका कारण हिउँदमा जस्तो सेवाग्राहीको चाप नभएपछि सेवा लिन आएका दैनिक केही भने फर्कने गरेका पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘रसिद काटेर प्रवाह गर्ने सेवा सबै ठप्प छन्, खेतिको काम जारी रहेकाले त्यति चाप छैन, तर सेवा लिन आएका दैनिक केही भने फर्कने गरेका छन् ।’ उहाँका अनुसार अहिले ३५ दिनभित्र गर्नुपर्ने, जन्म, मृत्यु र बसाई सराई सम्बन्धीका काममात्र हुँदैछन् ।

के भएको थियो ? असार १० गते यो पनि पढ्नुहोस् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगाउँसभा अनिर्णयको बन्दी बन्दा दुःख पाउँदै जनता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img