HomeसमाचारToday Top 5 News

Today Top 5 News

बाढीबाट विस्थापित २३ परिवार घर फर्किए

झापा २९ असार । निरन्तरको वर्षातले विस्थापित भएका झापा गाउँपालिका र मेचीनगर नगरपालिकाका गरी २३ परिवार घर फर्केका छन् ।
केहिदिन अघिदेखि निरन्तर भएको वर्षातका कारण कनकाई नदीमा आएको बाढीबाट विस्थापित झापा गाउँपालिका वडा नंं–१ मदरगाछका १४ र मेचीनगर नगरपालिका वडा नं.–७ सिदार्थ टोलका ९ परिवार घर फर्किएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । हिजो अपरान्ह्रपछि पानी पर्ने क्रम कम हुँदै जाँदा डुवान भएका ठाउँमा पानीको सतह घटेसंगै उनीहरु आश्रयस्थलबाट घर फर्किएका हुन् । गत असार १४ गते, असार २७ र २८ गते झापाका ८ स्थानीय तहका १३६ परिवार विस्थापित भएका थिए । विस्थापित मध्ये २३ परिवार घर फर्किएका छन् भने अझै ११३ परिवार आश्रय लिएर बसेका छन् । असार २७ गते शिवसताक्षी नगरपालिका वडा नं.–१० का ४ र असार १४ सोही वडाका ५ परिवार विस्थापित भएका थिए भने असार २८ गते गौरीगञ्ज गाउँपालिका वडा नंं–१ होकलबाढीका ११ परिवार, झापा गाउँपालिका–१ मिलन वस्तीका ९२ परिवार र कचनकवलको १ परिवार आश्रय स्थलमा रहेका छन् । बाढीबाट सबैभन्दा बढी झापा गाउँपालिका–१ को मिलनबस्तीबाट ९२ परिवार विस्थापित भएका छन् । विस्थापित सबैलाई सम्बन्धित स्थानीय तहले खाना खुवाइरहेको रेडक्रसले जनाएको छ ।

पाँचवर्ष यही सरकार रहे जनमत समाप्त हुन्छ : खनाल

काठमाडौं २९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पाँच वर्ष नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार चले जनमत समाप्त हुने बताउनु भएको छ ।
साहना प्रधान प्रतिष्ठानद्वारा सोमबार आयोजित ‘नेकपाको आजको समस्या के हो र सम्भावना के हो ’ शीर्षकको भर्चुअल छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो– ‘यो सरकार पाँच वर्ष चल्यो भने नेकपा रुट आउट हुन्छ, हाम्रो जनमत समाप्त हुन्छ ।’
सरकारले प्रभावकारी काम गर्न नसक्दा आधा जनमत खुम्चि सकेको खनालले यथास्थितिमा जाने, सुधार गरेर जाने वा अनिश्चित भविष्य लिएर बस्ने नेकपा सामु अब तीन वटा विकल्प रहेको बताउनु भयो ।

२४ घण्टामा १४४ कोरोना संक्रमित थपिए

झापा २९ असार / गत २४ घण्टामा १४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार थपिएकासहित नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १६ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै संक्रमण पुष्टिभएकामध्ये अहिलेसम्म १० हजार दुई सय ९४ जना निको भएर घर फर्किएको र सक्रिय सङ्क्रमित ६ हजार ६ सय १३ जना मात्रै रहेको मन्त्रालयले जनाएको छ ।

पोल्याण्डको राष्ट्रपतिमा रुढीवादी विचार समर्थकको जित

एजेन्सी । पोल्याण्डको राष्ट्रपतिमा रुढीवादी विचारका समर्थक वर्तमान राष्ट्रपति आन्जेई दुदा विजयी भएका छन् । आइतबारको मतदानमा दुदाले प्रतिस्पर्धी रफाल ट्रजस्कोस्कीलाई पराजित गर्दै ५१.२ प्रतिशत मत प्राप्त गरेको पोलिस निर्वाचन आयोगले जनाएको छ । सन् १९८९ मा कम्युनिष्ट शासन ढलेयता पोल्याण्डमा भएका राष्ट्रपति चुनावमा यस पटक सबैभन्दा साँघुरो अन्तरको जित भएको जनाइएको छ । चुनावको प्रमुख मुद्दा युरोपियन युनियनसँगको सम्बन्ध र लैंगिक तथा यौनिक अल्पसंख्यक एलजिबिटिक्यूआई समुदायको अधिकार रहेको थियो ।

म्यानचेस्टर सिटीमाथिको प्रतिबन्ध फुकुवा

युरोपेली प्रतियोगितामा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि लागेको प्रतिबन्ध सोमबारदेखि फुकुवा भएको छ । खेलकुदको न्यायिक निकाय कोर्ट अफ् आर्बिट्रेशन फर स्पोर्ट्स (कास) ले सिटीमाथि लागेको प्रतिबन्ध फुकुवा भएको जनाएको छ । युरोपियन फुटबल महासंघले प्रिमियर लिग क्लब सिटीलाई गएको फेब्रुअरीमा दुई सिजनको लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारToday Top 5 News
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img