Homeसमाचारउद्यमी महिलालाई नेतृत्व तथा क्षमता अभिबृद्धि तालिम

उद्यमी महिलालाई नेतृत्व तथा क्षमता अभिबृद्धि तालिम

झापा २९ असार । व्यापार–व्यवसाय तथा उद्यमी महिलाको नेतृत्व विकास गरी उद्यमशिलतातर्फ उत्प्रेरित गर्दै अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्यले झापाको विर्तामोडमा एकदिने नेतृत्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धी तालिम सम्पन्न भएको छ ।
महिला चेम्बर अफ कर्मशको आयोजना तथा प्रदेश सांसद एकराज कार्कीको सांसद विकास कोषको आर्थिक सहयोगमा विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै सांसद कार्कीले निडर र स्वाभिमानी हुनका लागि पहिले आत्मनिर्भर हुन आवश्यक रहेको बताउँदै महिलालाई आयमुलक काम गर्न सुझाउनु भयो । सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्दै सांसद कार्कीले आयमुलक कार्यका लागि आफ्नो सहयोग रहने बताउनु भयो ।

महिला चेम्बर अफ कमर्शका अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षता तथा सांसद कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिथिहरु चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई, विर्तामोड नगरपालिका कार्यपालिका सदस्य भावना आचार्य घिमिरे, महिला उद्यमी संघ नेपाल झापाका अध्यक्ष गोमा भट्टराई, नेपाल उद्यमशील महिला संघ झापाका अध्यक्ष पार्वता खरेल विमली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा धारणा राख्दै वक्ताहरुले आर्थिक रुपमा सबल बन्न नसक्दा महिलाले विभिन्न किसिमका हिंसाको शिकार हुनुपरेको धारणा राख्दै उद्यमशीलतातर्फ महिला पनि जागरुक हुनुपर्ने धारणा राखेका थिए ।
निरा उप्रेती ओलीले स्वागत महासचिव शर्मिला शाक्यले सञ्चालन गर्नुभएको कार्यक्रममा नेतृत्व तथा क्षमता अभिबृद्धि सम्बन्धी नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष भीमा शिवाकोटीले सहजीकरण गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
Previous articleHello world!
Next articleToday Top 5 News

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारउद्यमी महिलालाई नेतृत्व तथा क्षमता अभिबृद्धि तालिम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img