Homeसमाचारविरिङमा वेपत्ता युवक मृत फेला

विरिङमा वेपत्ता युवक मृत फेला

झापा २७ असार । बिरिङ नदीमा आएको बाढीले बगाएर वेपत्ता झापा गाउँपालिका वडा नंं–५ का राजेश गणेश मृत फेला परेका छन् ।
बाढीले बगाएर वेपत्ता भएका राजेसको लगभग २ किलोमिटर दक्षिण हुलाकी मार्गमा बन्दै गरेको पुल नजिकै शब भेटिएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिनुभयो । पुरानो शरणामती हाल झापा गाउँपालिका–५ का लगभग ३५ वर्षीय राजेश आदिवासी परम्परा अनुसार मृत्यु भएको चौथो दिन खोलामा गएर नुहाउनु पर्ने संस्कार बमोजिम छिमेकीको मृत्यु भएको चौथो दिनमा मलामी नुहाउन विरिङ खोला पुगेका थिए ।

त्यस्तै कनकाई नदिमा आएको बाढीका कारण शिवसतासी नगरपालिका वडा नं.–१० का ४ घर परिवार विस्थापित भएका छन् भने गौरीगञ्ज गाउँपालिकाको होकलबारीका एकघर विस्थापित भएको बताइएको छ । बाढीबाट विस्थापितलाई उद्दार गरी सुरक्षित स्थानमा राखिनुका साथै नेपाल रेडक्रस सोसाइटी झापाले राहत सामग्री प्रदान गरेको जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविरिङमा वेपत्ता युवक मृत फेला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img