Homeसमाचारसमाचारकात्रो माथि कमिसन खानु दुःखद :- थापा

कात्रो माथि कमिसन खानु दुःखद :- थापा

अर्जुनधारा २२ असार । अर्जुनधारा नगरपालिका वडा नं–६ मा नेकपासहित विभिन्न राजनीतिक दल परित्याग गरेर ६ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस झापाको कार्यालयमा आयोजित एक समारोहका बीच नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, महासमिति सदस्य दिपक तामाङ, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, २ नं क्षेत्र प्रदेश ख का सभापति किरण श्रेष्ठ, नगर सभापति हेमराज खरेल, वडा सभापति उमाकान्त लुइटेल लगायतले पार्टीको सदस्यता प्रदान गर्दै अविर र खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति तथा कार्यक्रमका प्रमुख अतिथि उद्वव थापाले नेपाली कांग्रेस समावेश पार्टी भएको उल्लेख गर्दै सक्रियताका आधारमा सवै ब्यक्तिले स्थान पाउने बताउनुभयो ।
देश कोरोना संक्रमणको मारमा रहेका बेला वर्तमान सरकारले कात्रोमाथी पनि कमिशन खाने घृणित काम गरेको धारणा राख्दै सभापति थापाले भन्नुभयो–‘सरकारका मन्त्रीहरु ‘कसले बढी कमाउनेरु’ भन्ने होडमा छन् , उनीहरुको भ्रष्टाचार र लुटतन्त्रले राष्ट्रिय ढिकुटी रित्तिने खतरा बढेको छ । कोरोनाका कारणले भन्दा बढी भ्रष्टाचारले देशमा गहिरो आर्थिक संकट निम्तिने अवस्था देखिनु दुःखद हो ।’
नेकपाको नीति एकातिर र नेताको काम ठिक अर्कोतिर रहेको बताउँदै उहाँले भन्नुभयो–‘कम्युनिष्टले हिजो वर्गीय नारा उठाए, गरिवको पार्टी भनेर प्रचार गरे, जनताले पनि विश्वासले भोट दिए, आज रुँदै रुँदै अत्यधिक कर तिर्न बाध्य छन् । हिजो २०० मालपोत तिर्ने जनतालाई आज तीनहजार तिर्नुपर्ने बाध्यता छ, तर कम्युनिष्ट नेता भने कसले बढी कमाउने भन्ने होडमा छन् ।’ आगामी निर्वाचनमा जनताले कांग्रेसको पक्षमा मतदान गर्ने विश्वास थापाले ब्यक्त गर्नुभयो । महासमिति सदस्य तामाङ, २ नं क्षेत्रीय सभापति मैनाली, प्रदेश क्षेत्रीय सभापति श्रेष्ठ, अर्जुनधारा नगर सभापति खरेल लगायतले मन्तब्य राख्दै कांग्रेसले अहिले प्रमुख प्रतिपक्षीका रुपमा सबल भूमिका खेलेर विकास निर्माण, सामाजिक काम र जनजीविकाका सवालमा सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा परित्याग गरेर कांग्रेसमा प्रवेश गर्नुभएका टंक भण्डारीले नेकपाले सरकार सञ्चालनमा देखाएको तानाशाही प्रवृत्ति, भ्रष्टाचार, राष्ट्रिय ढिकुटी रित्याएर कार्यकर्ताको भरणपोषण गर्ने प्रवृत्तिप्रति वितृष्णा पैदा भएपछि सत्तारुढ दल त्यागेर आफू प्रमुख प्रतिपक्षी कांग्रेसमा प्रवेश गरेको धारणा राख्नुभयो ।
उमाकान्त लुइटेलको सभापतित्व र वडा सचिव रामबहादुर कटुवालको सञ्चालनमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपा परित्याग गरेर भण्डारी, विनोद दनुवार, जितेन दर्जी तथा विक्रम वर्देवा, सामिला वर्देवा र अञ्जली वर्देवा कांग्रेसमा प्रवेश गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारकात्रो माथि कमिसन खानु दुःखद :- थापा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img