झापा २१ असार । झुठ्ठा बिवरण पेश गरी बिदेशी नागरिकलाई नागरिकता बनाई दिएको कसुरमा जिल्ला अदालत झापाबाट वारेन्ट जारी भएका जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश अचार्यलाई ५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
आचार्यले २०७२ साल मंसिर १० गते झुटा विवरण पेश गर्ने विदेशी नागरिकलाई नागरिकता र राहदानी बनाइदिएको कसुर ठहर भएका फरार आचार्यलाई महानगरिय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाले २०७७ असार २० गते काठमाडौंको गठ्ठाघरबाट जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तसहितको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ गरेका आचार्यलाई कारवाहीका लागि जिल्ला अदालत झापामा आइतबार बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राजेश थापाले जनाउनु भएको छ ।
विदेशीलाई नागरिकता र राहदानी बनाइदिने आचार्य ५ वर्ष पछि पक्राउ

































































































