Homeसमाचारनेताका नाममा जथाभावि प्रदर्शन गर्नेलाई नेकपा मोरङले कारबाही गर्ने

नेताका नाममा जथाभावि प्रदर्शन गर्नेलाई नेकपा मोरङले कारबाही गर्ने

विराटनगर २0 असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बसिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा स्वतन्त्रको नाममा प्रदर्शन गर्नेलाई कारबाहीको माग भएको छ ।
पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग भएपछि ओलीपक्षका कतिपय कार्यकर्ताले अन्य शीर्ष नेताहरु भारतीय दलाल भएको भन्दै विराटनगरमा प्रदर्शन गरेका थिए । उक्त प्रदेशमा पार्टीकै जिम्मेवार सदस्यहरुको सहभागीता रहेको दाबीसहित कारबाहीको माग गर्दै अर्को पक्षले शनिवार मोरङको नेकपा पार्टी कार्यालय पाञ्चालितमा धर्ना समेत दिएको थियो ।
शुक्रबारको प्रदर्शनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायतका नेतालाई गाली गलौज गरिएको थियो । त्यसपछि प्रचण्ड र माधव नेपाल पक्षीय युवा संघका नेता तथा विद्यार्थी नेतासहितको टोलीले शनिबार मोरङका पार्टी अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगरसमिति अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलीलाई त्यस्ता प्रदर्शन रोक्न दबाबसमेत दिएका छन् ।
पार्टी नेताहरुलाई दबाब दिँदै अनेरास्ववियूका नेता ओसिम आलम, युवा संघका नेता इश्वरी आचार्य, विद्यार्थी नेता ताजिम अन्सारीलगायतको नेतृत्वमा ५० भन्दा बढी युवाहरु पार्टी कार्यालयमा भेला भएका थिए ।
विद्यार्थी नेता ओसिम आलमले पार्टीका शीर्ष नेताहरुविरुद्ध गाली गलौज गर्ने र भारतीय दलालको रुपमा चित्रित गर्दै सडकमा आउने क्रमलाई नरोक्ने हो भने आफूहरु पनि केपी ओलीको राजिनामा माग्दै सडकमा आउने बताउनु भयो । ‘स्थायी समितिको बैठकमा छलफल भइरहेको बेला सडकमा शीर्ष नेताहरुको बद्नाम गर्नेगरी नाराबाजी, जुलुस गर्नेलाई कारबाही हुनुपर्छ,’ आलमले भन्नुभयो, ‘पार्टी फुटाउन नेताहरुलाई उत्तेजित पार्ने र व्यक्तिको पछि लागेर विधि र पद्धतीलाई मिच्ने गरी कुनै गतिविधि हुनुहुँदैन भन्ने हाम्रो माग हो ।’
‘समृद्ध नेपाल, सुखी नेपालीको महान अभियानमा चिसो पानी खन्याउने काम जो कसैबाट हुन्छ भने त्यस्ताको भण्डाफोर गर्छौं,’ विद्यार्थी नेता अन्सारीले भन्नुभयो, ‘पार्टी एकताका लागि हाम्रो दवाव निरन्तर रहिरहन्छ ।’
यस्तै युवा संघका नेता इश्वरी आचार्यले प्रचण्ड या माधव नेपाल लगायतका नेतालाई बद्नाम गर्नेगरी भइरहेको गतिविधि नरोकिए आफूहरु पनि व्यानर लिएर सडकमा आउने बताउनु भयो । ‘हामी पनि आन्दोलनबाट आएका मानिस हौं, हामी पनि दुइ÷चारसय जना मानिस लिएर सडकमा आउन सक्छौं, के अब सडकबाटै फैसला गर्ने हो त ?’, आचार्यले भन्नुभयो, ‘हामी विधिको पक्षमा छौं, दुवै पार्टी अध्यक्षको पक्षमा छौं, पार्टीको विधि विधान अनुसार गतिविधि हुनुपर्छ, हुलहुज्जत गर्ने र अनुशासनहिन गतिविधि गर्नेहरुलाई कारबाही हुन्छ कि हुँदैन ? ।’
युवा तथा विद्यार्थी नेताहरुको मन्तव्य पछि मोरङका नेकपा अध्यक्ष ऋषिकेश पोखरेलले स्वतन्त्रको नाममा सडकमा आएर नेताका विरुद्धमा तथानाम गाली गलौज गर्नेहरु पार्टी सदस्य हुन नसक्ने बताउनु भयो । ‘स्वतन्त्रको नाममा सडकमा आन्दोलन गर्ने हो भने त्यो पार्टी सदस्य नै रहेन नि,’ उहाँले भन्नुभयो, ‘अहिले युवाहरुले पार्टी एकताको पक्षमा र नेताहरुलाई मिल्नुपर्ने दबाब दिनुपर्छ, कोही कसैले भनेको आधारमा सडकमा आउनु राम्रो होइन ।’ पोखरेलले पार्टी फुटको इतिहास देखिएको भन्दै फुटाउनेलाई कुनै पनि हालतमा फाइदा नहुने भएकोले विवादलाई हल गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
यस्तै नेकपा मोरङका सचिव गणेश उप्रेतीले स्वतन्त्रको नाममा आन्दोलन गर्नेहरुको नाम लिष्ट लिएर आए कारबाही गरिने प्रतिबद्धता जनाउनु भयो । नेताहरुको प्रतिबद्धता पछि युवा तथा विद्यार्थीहरुले पार्टी कार्यालयमै केहीबेर धर्ना दिएका थिए । उनीहरुले आजलाई र भोलीलाई, व्यक्तिलाई होइन विधिलाई, नेपाल कम्युनिष्ट पार्टीको नीतिलाई, आइएम विथ नेकपाजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेताका नाममा जथाभावि प्रदर्शन गर्नेलाई नेकपा मोरङले कारबाही गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img