Homeसमाचाररोटरी क्लव भद्रपुरको पद हस्तान्तरण

रोटरी क्लव भद्रपुरको पद हस्तान्तरण

भद्रपुर २० असार । रोटरी क्लव अफ भद्रपुरको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लवको वर्ष २०२०।०२१ को पहिलो बैठकमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण गरिएको हो । झापा उद्योग संघको भवनमा आयोजित कार्यक्रममा वर्ष २०१९।२० का अध्यक्ष टिकाराज ढकालले वर्ष २०२०।२१ का अध्यक्ष आदित्य पराजुलीलाई पदहस्तान्तरण गरेका हुन् ।
आफनो कार्यकालमा भएको गतिविधिका बारेमा ढकालले जानकारी गराएका थिए भने आगामी योजनाको वारेमा पराजुलीले प्रष्ट पारेका थिए ।
नव गठित अन्य पदाधिकारीहरुमा टिकाराज ढकाल इमिडेट पास्ट प्रेसिडेन्ट, विगत ओझा प्रेसिडेन्ट इलेक्ट, सन्तोष पोखरेल प्रेसिडेन्ट नोमिनी, ईश्वर अधिकारी सेक्रेटरी, पवन श्रेष्ठ कोषाध्यक्ष पदको जिम्मेवारीमा रहनेछन् भने डाइरेक्टर क्लव एडमिनिष्ट्रेशनमा लोकबन्धु ढुंगाना, डाइरेक्टर मेम्बरसीपमा राजकुमार पोखरेल, पब्लिक रिलेशन डाइरेक्टरमा प्रदीप सरावगीको भूमिका रहनेछ ।
यसैगरी, रोटरी फाउण्डेशन चेयरमा विनोद चापागाईं, सर्भिस प्रोजेक्ट चेयरमा किशोर पराजुली र सरजेन्ट एण्ड आम्सको भूमिकामा दिपेश ढकाल रहने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचाररोटरी क्लव भद्रपुरको पद हस्तान्तरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img