Homeसमाचारबारामा माक्स नलगाउने १२८ प्रहरी नियन्त्रणमा

बारामा माक्स नलगाउने १२८ प्रहरी नियन्त्रणमा

वीरगञ्ज २० असार । स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्नका लागि घरबाहिर निस्कँदा माक्स अनिवार्य लगाउनुपर्ने भन्दै बारम्बार सचेत गराउँदै आएको छ । जिल्ला प्रशासन कार्यालय बाराले कोरोना संक्रमण नियन्त्रण तथा थप फैलिन नदिन पूर्व सूचना गरेको थियो ।
प्रशासनको सूचनालाई बेवास्ता गरेर मास्क नलगाउने १ सय २८ जनालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ। मास्क नलगाई बजार तथा सार्वजनिक स्थानहरुमा हिँडडुल गरिरहेका १ सय २८ जनालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। जिल्लाको कलैया उपमहानरपालिकाको बजार क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको मिश्रले बताउनु भयो।
यस समबन्धमा प्रहरीले पनि ठाउँठाउँमा माइकिङ गरी सर्वसाधारणहरुलाई अनिवार्य मास्क लगाउन अनुरोधसमेत गरेको थियो। तर अटेर गरेर मास्क प्रयोग नगर्नेलाई शनिबारदेखि नियन्त्रणमा लिन थालिएको प्रहरीले जनाएको छ।
शनिबार नियन्त्रणमा लिइएका सबै जनालाई संक्रामक रोग ऐन २०२० अनुसार एक सय रुपैयाँ जरिवाना गरी छाडिएको प्रहरी प्रवक्ता मिश्रको भनाइ छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबारामा माक्स नलगाउने १२८ प्रहरी नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img