Homeसमाचारजन्मदिनमा ढकालले गरे पीसीआर परीक्षण प्रयोगशालाका लागी सहयोग

जन्मदिनमा ढकालले गरे पीसीआर परीक्षण प्रयोगशालाका लागी सहयोग

विर्तामोड २० असार । ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागी बिर्तामोड –१ का ढकालले आर्थिक सहयोग गरेका छन् ।
आफ्ना बुवा तथा हजुरबुवाको जन्मदिनको अवसर पारेर सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी बिर्तामोड–१ का ढकालले आर्थिक सहयोग गरेका हुन् ।
बिर्तामोड –१ सामाजिक तथा धार्मिक व्यक्तित्व परशुराम ढकालको ९९ आंै बर्ष प्रवेशको उपलक्ष्यमा बुबाको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै छोरा –बुहारी लक्ष्मण ढकाल र दुर्गा ढकाल नातीहरु सौरभ ढकाल , शेखर ढकालले ३८ हजार एक सय २१ रुपैयाँ पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागी प्रदान गरेका हुन् ।
उनका छोरा –बुहारी लक्ष्मण ढकाल र दुर्गा ढकाल नाती सौरभ ढकालले ३३ हजार एक सय ११ रुपैयाँ र नाती शेखर र कल्पना ढकालले पाँच हजार १० रुपैयाँ ‘एकका लागि एक’ अभियानका सहसंयोजक विनोद बस्नेत ‘एकका लागि एक’ अभियानका साझेदार संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलाई प्रदान गरेका थिए ।
‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परिक्षण गर्न जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्ने कार्य प्रशंसनिय भएकाले आफूहरुले सहयोग गरेको दुर्गा ढकालले बताउनु भयो
कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतले पछिल्लो समय जन्मदिन , विवाह वर्षगाठ तडकभडकसहित फजुल खर्च गरेर मनाउने विकृति बढिरहेको अवस्थामा आफ्ना अभिभावकको जन्मदिनको अवसर पारेर पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागी ढकाल परिवारले गरेको सहयोग अमुल्य रहेको बताउनु भयो ।
उहाँले ‘एकका लागि एक’ अभियानको अगुवाईमा अन्तर्राष्ट्रिय झापाली समाज, सहकारी अभियान र कनकाई नगरपालिकाको संयुक्त लगानीमा एक करोड २० लाख रुपैयाँभन्दा बढीको लागतमा अत्याधुनिक पीसीआर पीसीआर परीक्षण प्रयोगशाला निर्माण गरी सञ्चालन गरिने जानकारी दिनुभयो ।
‘एकका लागि एक’ अभियानमा हालसम्म देश तथा विदेशका ७० संघसंस्था र एक हजार एक सय व्यक्तिबाट सहयोग प्राप्त भएको बताउँदै सहसंयोजक वस्नेतले पीसीआर परीक्षण प्रयोगशालाका लागि हालसम्म ९५ लाख रुपैयाँ जुटिसकेको बताउनु भयो ।
कार्यक्रममा ‘एकका लागि एक’ अभियानका साझेदार संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले विर्तामोडका सामाजिक तथा धार्मिक व्यक्तित्व परशुराम ढकालको जन्मदिनको अवसर पारेर छोरा, बुहारी, नातीहरुले पीसीआर परीक्षण प्रयोगशालाका लागि गरेको सहयोग प्रशंसनिय रहेको बताउनु भयो । सवैको सहयोगले मात्र झापामा पीसीआर परीक्षण प्रयोगशालाको स्थापना गर्न सम्भव हुने भएकाले यस्तो पुण्यकार्यमा सहयोग गर्न उनले सवैसंग आग्रह गर्नुभयो ।
सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाको रुपमा साउन १ गतेबाट पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने गरी धमाधम काम भइरहेको र सम्पूर्ण तयारी पूरा गरेर प्रदेश सरकारलाई पीसीआर परीक्षण प्रयोगशाला हस्तान्तरण गरिने ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताउनु भयो ।
कसैले पनि कोरोना भाइरस संक्रमणको पीसीआर परिक्षण नै गर्न नपाई मृत्युवरण गर्नु नपरोस् भन्ने उदेश्यले ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशाला सञ्ंचालनमा ल्याउन लागेको जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजन्मदिनमा ढकालले गरे पीसीआर परीक्षण प्रयोगशालाका लागी सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img