Homeसमाचारसमाचारलायन्स क्लब भद्रपुरद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

लायन्स क्लब भद्रपुरद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

भद्रपुर २० असार । लायन्स क्लव अफ भद्रपुरले शैक्षिक सहायताका लागि भद्रपुर नगरपालिका २ स्थित सगरमाथा माविका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
क्लवले प्रदेशसभा सदस्य ओमप्रकाश सरावगी मार्फत निर्वाचन क्षेत्र विशेष कार्यक्रमबाट प्राप्त ७५ हजार रकमले बालविकास तथा १ देखि कक्षा ५ सम्मका १०० जना विद्यार्थीलाई स्कुल व्याग, कापी पेन्सिल लगायतका शैक्षिक सामग्री वितरण गरेको हो ।
क्लवका चाटर्ड प्रेसिडेन्ट तथा ब्रान्ड एम्बेस्डर सांसद ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यता तथा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको विशिष्ट आतिथ्तामा भएको कार्यक्रममा वडाध्यक्ष भीम सुब्बा, भनपा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख प्रेम भुजेल, उद्योग बाणिज्य संघ झापाका वरिष्ठ उपाध्यक्ष खड्गबहादुर लिम्बू, अग्रज लायनरहरू, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्ष्क अभिभावक संघका पदाधिकारी, स्थानीय समाजसेवीहरू लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
क्लवका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षता तथा धन्यवाद ज्ञापन फस्ट भाइस प्रेसिडेन्ट प्रकाश उप्रेती र कार्यक्रम संचालन सचिव गोपाल खनालले गरेको कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फडिन्द्र दाहाल, भद्रपुर २ का वडाध्यक्ष भीम सुब्बा, उद्योग वाणिज्य संघ झापाका बरिष्ठ उपाध्यक्ष खड्गबहादुर लिम्बु लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लवको नेतृत्व लिएपछि पहिलोपटक पौडेलको नयाँ कार्यसमितिकोले सामुदायिक स्तरमा कार्यक्रम प्रारम्भ गरेको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारलायन्स क्लब भद्रपुरद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img