Homeसमाचारडुबेर, सडक दुर्घटना र करेन्ट लागेर विराटनगरमा ४ जनाको ज्यान गयो

डुबेर, सडक दुर्घटना र करेन्ट लागेर विराटनगरमा ४ जनाको ज्यान गयो

विराटनगर १९ असार । मोरङको जहदा गाउँपालिका–३ का १८ बर्षीय दिनेश राजवंशी र २० बर्षीय रिक्की राजवंशीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार दिउँसो साढे १ बजे स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका दुबै मध्ये रिक्कीको पोखरीमा नै मृत्यु भएको थियो भने दिनेशलाई स्थानीयले उद्दार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर पुर्याइएको भएपनि उपचार संभव नभएको जनाइएको छ ।
त्यस्तै आफैंले चलाएको स्कूटर अनियन्त्रित हुँदा एकजानको मृत्यु भएको छ । विहीबार राति साढे ११ बजेतिर बिराटनगर महानगरपालिका–१५ रानीमा भएको स्कुटर दुर्घटनामा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर चालक बिराटनगर महानगरपालिका–१६ का २३ बर्षीय प्रशान्त बस्नेतको मृत्यु भएको हो । दुर्घटनापछि उपचारका लागि नोवेल अस्पताल बिराटनगरमा लगिएपनि राति साढे १२ बजे उनो मृत्यु भएको बताइएको छ ।
त्यस्तै बिराटनगर महानगरपालिका–१९ मा एक २५ वर्षीय युवाको करेन्ट लागेर ज्यान गएको छ । मोरङकै बेलवारी नगरपालिका–९ घर भई बस्दै आएका बस्दै आएका कान्छा चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । बिहिवार राती साँढे १० बजे सुत्नका लागी झुल लगाउने क्रममा अचानक करेन्ट लागेर घाईते चौधरिको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारडुबेर, सडक दुर्घटना र करेन्ट लागेर विराटनगरमा ४ जनाको ज्यान गयो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img