Homeसमाचारतलबसहित पेशागत सुरक्षाको माग गर्दै इस्टु झापाको विर्तामोडमा प्रदर्शन

तलबसहित पेशागत सुरक्षाको माग गर्दै इस्टु झापाको विर्तामोडमा प्रदर्शन

। संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले सामाजिक न्यायका लागि झापाको विर्तामोडमा सरकार तथा निजी विद्यालय सञ्चालकको बेवास्ता बिरूद्ध बृहद प्रदर्शन गरेको छ ।
संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले काम गरिसकेको समयको तलव पाउन नसकेको, सरकारले समेत भोकमरीमा परिसकेका शिक्षक कर्मचारीको सुरक्षाका लागि पहल नगरेको भन्दै इस्टुले सामाजिक न्यायको माग राखी सडक आन्दोलनमा उत्रेको हो ।
दयाको शब्द चाहिँदैन भोकै मार्न पाइदैन, खोसिएको अधिकार फिर्ता देउ, सामाजिक सुरक्षाको वातावरण निर्माण गर, कोरोनाले होइन भोकले मरिने भो, शिक्षक कर्मचारी निस्काशन बन्द गर, नीति नियम कायम गर, हाम्रो तलव निकासा गर, सरकार तिमी कहाँ छौं ? हामीले कर तिरेका छौं, सुरक्षको दायित्व छैन त ? लगायत नारा लगाउँदै विर्तामोड परिक्रमा गरी कोणसभा सम्पन्न गरिएको थियो ।
कोण सभामा बोल्दै इस्टुका केन्द्रीय सदस्य एन पी लामिछानेले काम गरिसकेको समयको तलव नदिने, शिक्षक कर्मचारी निस्काशन गर्ने काम अबिलम्व अन्त्य गर्न विद्यालका सञ्चालकहरूलाई चेतावनी दिनुभयो । लामिछानेले सामाजिक सुरक्षा कोषमा निजी विद्यालय जान अस्वीकार गर्नु कानुनलाई चुनौति भएको भन्दै नीति र नियममा आबद्ध नहुने विद्यालय बिरूद्ध राज्य कडा भएर प्रस्तुत हुनु पर्ने प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा इस्टु प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारीले कम्पनी ऐन अनुसार सञ्चालनमा रहेका निजी विद्यालयले आफू मातहतमा रहेका शिक्षक कर्मचारीलाई बन्दाबन्दीको बाहना बनाएर तलब रोक्ने काम कानुन बिपरित भएको भन्दै श्रम अदालतको सामना गर्ने गरी तयार रहन सझाउनु भयो ।
इस्टु झापाका सल्लाहकार तथा नेकपा नेता शिवराज भण्डारीले राज्यका तीन तहकै सरकार जिम्मेवार भएर निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका समस्या हल गर्न लाग्नु पर्ने बताउनु भयो । राजभण्डारीले गुणस्तरीय शिक्षणमा अब्बल निजी विद्यालयका शिक्षक कर्मचारी अपमानित हुने वातावरण सधैंका लागि अन्त्य हुनु पर्छ भन्दै विद्यालय सञ्चालक जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्ने प्रष्ट्याउनु भयो ।
इस्टु झापा अध्यक्ष होमराज खतिवडाले बौद्धिक श्रमिकका रूपमा रहेका संस्थागत विद्यालयका शिक्षक, कर्मचारी, चालक, सहचालक लगायतलाई काम लगाउने अधिकांस विद्यालयले काम गरिसकेको समयको पारिश्रमिक नदिँदा गाँस जुटाउन समस्या उत्पन्न भएको स्पष्ट पानुभयोे । अध्यक्ष खतिवडाले सामाजिक न्याय र बाँच्न पाउने अधिकार समेतको अपहरण भएपछि अपमान बोध गर्दै शिक्षक कर्मचारी सडकमा आएको भन्दै समस्याको सम्बोधन नभए अझ कडा आन्दोलन हुने चेतावनी समेत दिनुभयो ।
आन्दोलन परिचालन समितिका संयोजक बालकृष्ण दाहालको नेतृत्वमा भएको प्रदर्शनमा प्याब्सन भद्रपुरका सचिव पुकारचन्द्र राजवंशी, विभूति विद्यामन्दिरका सञ्चालक पुरूषोत्तम लम्सालले ऐक्बद्धता जनाउँदै सहभागी भएका थिए भने सयौं शिक्षक कर्मचारी स्वतस्फुर्त उपस्थित थिए । १५ वटा स्थानीय तह रहेको झापाका सवै स्थानीय तहबाट सहभागी शिक्षक कर्मचारी सामेल भएको आन्दोलन शान्तिपूर्ण र सामाजिक दुरी कायम गर्दै प्रदर्शनगरिएको थियो ।
झापामा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारी गरी ७ हजार बढी छन् भने काम लगाउने अधिकाम्स विद्यालयका सञ्चालकले बन्दाबन्दीको बाहना बनाएर शैक्षिक वर्ष २०७६ कै दिनु पर्ने तलव रोकिदिएपछि भोकमरी खपेर शिक्षक कर्मचारीले कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतलबसहित पेशागत सुरक्षाको माग गर्दै इस्टु झापाको विर्तामोडमा प्रदर्शन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img