Homeसमाचारकोरोना कहर : शुक्रबार झापामा २८सहित देशभर ७४०/ जम्मा संक्रमित १५ हजार...
कोरोना कहर : शुक्रबार झापामा २८सहित देशभर ७४०/ जम्मा संक्रमित १५ हजार २५९, मृत्यु ३२

झापा १९ असार । शुक्रबार झापामा २८ सहित देशभरमा ७४० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो सँगै झापामा संक्रमितको संख्या २ सय ७८ पुगेको छ भने देशभरमा संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।
संक्रमित मध्ये ६ हजार १४३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।
शुक्रबार झापामा मेचीनगरमा १४ जना, अर्जुनधारामा ८ जना, हल्दिबारीमा ३ जना पुरुष, कनकाईमा २ जना, बिर्तामोड १ महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चम्लागाईले जानकारी दिनुभयो।
देशभरका विभिन्न जिल्लाको तथ्याङ्क अनुसार पाल्पाका १, सल्यानका ८, बर्दियाका १०, दैलेखका १२, दाङका ९, रोल्पाका १, सुर्खेतका ६, कालिकोटका १, बैतडीका ८, बझाङका १४, डोटीका ३४, कैलाली ५८, झापाका २८, उदयपुरका ५, मोरङका ५, सिराहाका २४, सप्तरीका ८, धनुषाका १६, महोत्तरीका ६ र पर्साका १ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै अछाम २३०, डोटी ११, कपिलवस्तु ८, नवलपरासी २८, सर्लाही १, सिन्धुपाल्चोक १, पर्सा १, चितवन १, रौतहट २९, बैतडी ३२, बाजुरा ५३, कञ्चनपुर ४५, डढेलधुरा २८, बागलुङ १, पर्वत ३, तनहुँ ९ र कास्कीमा २ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
समाचारकोरोना कहर : शुक्रबार झापामा २८सहित देशभर ७४०/ जम्मा संक्रमित १५ हजार...