झापा १९ असार । अर्जुनधारा नगरपालिका–९ स्थित श्री प्राथमिक विद्यालयमा रोटरी क्लव अफ बिर्तामोडले ‘आरओ ड्रिङ्किङ वाटर प्रोजेक्ट’ शुक्रवार हस्तान्तरण गरेको छ ।
रोटरी क्लव अफ बिर्तामोडका सन २०२०÷०२१ का अध्यक्ष निर्मल भट्टराईको अध्यक्षता र अर्जुनधारा नगरपालिका – ९ का वडाध्यक्ष पुष्पकुमार प्रसाईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । विपन्न समुदायका नागरिकलाई शुद्ध पिउने पानीको अभाव भएपछि क्लवले एक लाख ५० हजार रुपैयाँ खर्च गर्दै ‘आरओ ड्रिङ्किङ वाटर प्रोजेक्ट’ जडान गरिदिएको बताइएको छ । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको एक्सल डेभलपमेन्ट बैंकसंगको सहकार्यमा क्लवले पिउने पानीका लागि ‘आरओ ड्रिङ्किङ वाटर प्रोजेक्ट’ सञ्चालन गरेको क्लवका सन् २०१९/०२० का अध्यक्ष निकिता गिरीले बताउनु भयो । सो क्षेत्रमा बालबालिकालाई पिउने पानीको अभाव भएको सुनेपछि क्लवले पानीको प्रोक्जेट सञ्चालन गर्ने निर्णय गरे अनुसार विद्यालयलाई खानेपानीको उक्त प्रोजेक्ट सम्पन्न गरी हस्तान्तरण गरिएको हो ।
क्लवले सञ्चालन गरेको खानेपानीको प्रोजेक्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष जितेश योन्जन र प्रधानाध्यापक कल्पना दाहाललाई हस्तान्तरण गरिको थियो । खानेपानीको प्रोजेक्ट हस्तान्तरण गर्दै रोटरी क्लवका अध्यक्ष भट्टराईले आगामी दिनमा पनि यस्तै खाले कार्यक्रम सञ्चालनका लागि रोटरी क्लव अफ विर्तामोड सदैव तयार रहेको उल्लेख गर्दै विश्वभर सामाजिक क्षेत्रमा क्रियाशील रहेको रोटरी क्लव ग्रामीण क्षेत्रसम्म पुगेर मानवीय सेवामा सक्रिय रहन तत्पर रहेको बताउनु भयो । एक्सलको सहयोगमा रोटरीले विद्यालयमा गरेको सानो कार्यक्रमले पनि सयौं विद्यार्थीलाई स्वच्छ पिउने पानी खानका लागि सहयोग पुग्ने भन्दै बैंकलाई समेत धन्यवाद दिनुभएको थियो ।
सर्जेन्ट अफ आम्स सुरेश कुमार अग्रवाल भद्रपुरेले स्वागत गरेको कार्यक्रममा क्लवकी पूर्व अध्यक्ष निकिता गिरीले प्रकाश पार्नुभयो भने महिला उद्यमी तथा क्लवकी सदस्य पार्वता विमली खरेलले क्लवले गर्दै आएका सामाजिक काम बारे प्रकाश पार्नु भएको थियो ।
एक्सल वैंकका सीइओ दिनेश पोखरेलले वैंकले शिक्षाका क्षेत्रमा अहिले विभिन्न खाले कार्यक्रम सञ्चालन गरिरहेको र श्री प्राथमिक विद्यालयमा समेत वैंकले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग पु¥याएको बताए । उनले आगामी दिनमा पनि यसखाले कार्यक्रममा वैंक सहभागी हुन इच्छुक रहेको धारणा राख्नुभयो ।
‘आरओ ड्रिङ्किङ वाटर प्रोजेक्ट’ हस्तान्तरण कार्यक्रममा क्लवका प्रेसिडेन्ट इलेक्टमा नवीन गट्टानी, भाइस पे्रसिडेन्टमा बबित गिरी, सेक्रेटरीमा संजीव घिमिरे,टे«जररमा आमोद आचार्य , डाइरेक्टर एड्मिनिष्ट्रेसन मीनप्रकास मैनाली, डाइरेक्टर मेम्बरसिप सुरेश वंशल, डाइरेक्टर पब्लिक रिलेसन प्रकाश शिवाकोटी र डाइरेक्टर युथ सर्भिसमा केदार गिरी, क्लब टेनर कुमार गिरी लगायत सहभागी कार्यक्रममा रोट्याक क्लव अफ विर्तामोडका अध्यक्ष प्रवास थापा लगायतले मास्क वितरण गरेका थिए ।
रोटरीद्वारा श्री प्राथमिक विद्यालयलाई ‘आरओ ड्रिङ्किङ वाटर प्रोजेक्ट’ हस्तान्तरण

































































































