Homeसमाचारसंगठन विस्तारको काम नगरेको भन्दै नेविसंघमाथि देउवाको आक्रोस

संगठन विस्तारको काम नगरेको भन्दै नेविसंघमाथि देउवाको आक्रोस

काठमाडौं १९ असार । संगठन विस्तारमा सक्रियता नदेखाएका कारण नेविसंघ कमजोर भएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्व प्रति आक्रोश पोख्नु भएको छ ।
नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोस पोख्नु भएको हो ।
अहिले गाउँ ठाउँ स्कुल कतैपनि नेविसंघ नरहेको र कुनैपनि स्कुलमा जित्ने हैसियत नेविसंघले नराखेको भन्दै सभापति देउवाले पहिला गाउँ र स्कुलमा गएर नेविसंघ बनाएर मात्र आफूसँग कुरा गर्न आउन विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभयो ।
नेविसंघ बलियो नभएसम्म पार्टी बलियो नहुने बताउँदै देउवाले भन्नुभयो–‘नेविसंघलाई बलियो बनाउनुस् । गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस् । जहाँ पनि हारेको हा¥यै छ नेविसघं, नेविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? कहीँपनि देखिँदैन । गाउँ स्कुलमा जबसम्म नेविसंघ हुँदैन तबसम्म कहिल्यै पार्टी बलियो हुँदैन् । त्यही नेविसंघ त हो नी पार्टी भन्ने । सबै ठाउँमा कहाँबाट कम्युनिष्टले जित्यो यहाँ । कसरी जिते कम्युनिष्टहरु । उनीहरुले गाउँगाउँमा बनाए । गाउँमा बनाउ, गाउँको स्कुलमा बनाउ नेविसंघ अनिमात्र झगडा गर्न आउ ।’
अहिले नेविसंघ भित्र देखिएको विवाद केही पनि नभएको उल्लेख गर्दै देउवाले दुवै पक्षबिच कुरा गरी समस्याको समाधान निकालिने बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसंगठन विस्तारको काम नगरेको भन्दै नेविसंघमाथि देउवाको आक्रोस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img