Homeसमाचारवार्डवार्डमा बजेट पठाउन अर्जुनधाराका राजनीतिक दलको माग

वार्डवार्डमा बजेट पठाउन अर्जुनधाराका राजनीतिक दलको माग

अर्जुनधारा १९ असार । आर्थिक बर्ष २०७७/०७८ को बजेट बिनियोजनमा वडाको विकास बजेट कटौती गरेर नगरमै राखिएकोप्रति आपत्ति प्रकट गर्दै अर्जुनधारा नगरपालिकामा क्रियाशील चारदलले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् ।
बजेट विनियोजनका लागि नगरसभा बस्नुपूर्व वडाको सिलिङ बजेट कटौती गरेर नगरमै राख्ने षडयन्त्र तत्काल सुधार गरेर वडामै बजेट पठाउन माग गर्दै नेपाली काँग्रेस, जनता समाजवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
चारै दलमा आबद्ध कार्यकर्ता अर्जुनधाराको देवकोटाचोकमा भेला भएर शान्तिपूर्ण ¥यालीसहित नगरपालिका कार्यालयमा पुगेका थिए ।
नगरपालिकाको बाहिरी गेटमा संक्षिप्त कोणसभापछि नेपाली कांग्रेसका नगरसभापति हेमराज खरेल, जनता समाजवादी पार्टीका नगर सभापति सिर्जलाल चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि लवकुश गिरी र राष्ट्रिय जनमुक्ति पार्टीका नगर सभापति दिलीप राईद्वारा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापनपत्र नगरप्रमु्ख हरिकुमार रानालाई बुझाइएको हो ।
कोणसभालाई सम्बोधन गर्दै सरस्वती सिटौला, खरेल, चौधरी, गिरी र जनमुक्ति पार्टीका कृष्णकुमार थेवेले सरकार, सत्ता र राष्ट्रिय सम्प्रभुता अलग–अलग विषय भएको बताउँदै सम्प्रभुता देश रहुन्जेल रहन्छ भन्ने हेक्का राख्न सत्तारुढ दललाई सचेत गराएका थिए ।
‘वार्डको नगरले, नगरको प्रदेशले र प्रदेशको संघले अधिकार खोस्दै जाने हो भने संघीयताको मर्म र लोकतान्त्रिक ब्यवस्था कहाँ पुग्छ ?’ अधिकांश बक्ताको भनाई थियो । सरकार लोकतान्त्रिक विधि र प्रक्रियाबाट नचलेको भन्दै बक्ताहरुले लोकतान्त्रिक पद्धतिबाट स्थापित सरकार निरंकुशताप्रति उन्मुख हुँदा पद्धतिप्रति निराशा उत्पन्न भएको धारणा राखेका थिए ।
कोणसभापछि नगरप्रमुखलाई वडाको बजेट वडामै विनियोजन गरेर पठाउन उल्लेख गर्दै भनिएको छ– ‘नगरको बजेट कस्तो बनाउने ? भन्ने बिषयमा राजनैतिक दलहरुसँग परामर्श गर्ने तर दलहरुले सुझाव पेश गर्न नपाइ नगरसभा सञ्चालन गरिनुलाई पनि हामीले गम्भिर रुपमा लिएका छौं ।’ वडाको बजेट कटौती गरेकोप्रति अर्जुनधाराका अधिकांश वडाका अध्यक्ष असन्तुष्ट छन् भने ८ नं वडाध्यक्ष गोपीचन्द्र गौतमले यसअघि नै असहमति जनाउँदै बैठक बहिस्कार गरेका थिए ।
नगरभित्र अनेकन बेथिति, अनियमितता भएका र ढुङ्गा, बालुवा गिट्टी निकासीमा भएको कमिशनको खेल र भ्रष्टाचारको गन्ध आइरहेको उल्लेख गर्दै ज्ञापनपत्रमा अगाडि भनिएको छ– ‘अर्जुनधारा नगरभित्र पर्ने टाङटिङ्ग, बिरिङ्ग, सुखानी, नेते, गोयाङ लगायतका खोलाहरु ठेकका लगाई नदीजन्य पदार्थको वैधानिक निकासीमार्फत नगरको राजश्व आम्दानी बढाउन नगर नेतृत्व इमान्दारीपूर्वक लाग्नुपर्नेमा त्यसो नगरी सेटिङका आधारमा नदीजन्य पदार्थको अवैध निकासी खुल्ला गरेर नगरको राजश्व मार्ने र हिनामिना गर्ने कार्य भइरहेको छ । यस्तो वेथिति बढनुमा नगरपालिकाको नेतृत्व जिम्मेवार रहेको हाम्रो ठहर छ ।’ खोलाको दोहन र कमिशनको सेटिङ्ग बन्द गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
नगरका राजनैतिक दल, लब्धप्रतिष्ठित नागरिक, बुद्धिजीवी, , संघ संस्था र आम सर्वसाधारण जनताको राय, सुझव, सल्लाह र परामर्श लिइ लोकतान्त्रिक विधिबाट नगर परिषद सञ्चालन गर्न र वडाको सिलिङ बजेट कटौति नगरी वडामै बिनियोजित गरी पठाउन नगरप्रमु्खको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्रमा आफ्ना मागहरु कार्यान्वयन नगरे चरणवद्ध संघर्षका कार्यक्रम गर्ने चेतावनी पनि दिइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारवार्डवार्डमा बजेट पठाउन अर्जुनधाराका राजनीतिक दलको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img