Homeसमाचारझापामा ३ हजार ८०३ घरपरिवार बाढीबाट प्रभावित हुने पूर्वानुमान

झापामा ३ हजार ८०३ घरपरिवार बाढीबाट प्रभावित हुने पूर्वानुमान

झापा १८ असार । झापामा बाढीबाट यो ३ हजार ८०३ घरपरिवारका १८ हजार ८१० जना प्रभावित हुने अनुमान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, उद्दार तथा राहतमा खटिने सुरक्षा निकायसहित विभिन्न संघसंस्थाका साथै विषयगत सरकारी कार्यालयका प्रतिनिधि र स्थानीय तह समेतको सहभागितामा दैवी प्रकोप उद्दार समितिले बनाएको पूर्वयोजनाले बर्षायाममा आउने बाढीबाट कुन स्थानीय तहका कुन–कुन स्थानमा कति परिवार÷जनसंख्या प्रभावित हुन्छ भन्ने तथ्याङ्क निकालेको हो ।
कारण सो बराबरको जनसंख्या प्रभावित हुने पूर्वानुमान गरेको हो । झापामा उत्तर दक्षिण भएर रतुवा, कमल, विरिङ, कनकाई, मेची, निन्दा, देवनिया, फूलवासा, हडिया, टाङटिङ, नेते, बनियानी लगायतका खोलामा आउने बाढीका कारण सो बराबरको परिवार र त्यहाँ बसोबास गर्ने १८ हजार ८१० जना प्रभावित हुने पूर्वानुमान गरिएको हो ।
उत्तर–दक्षिण भएर बग्ने यी नदी तथा खोलाहरुबाट अर्जुनधारा, बुद्धशान्ति, मेचीनगर नगरपालिका, भद्रपुर, हल्दिबारी, कचनकवल, बाह्रदशी, कमल, गौरीगञ्ज र झापा गाउँपालिका तथा कनकाई, शिवसताक्षी, गौरादह र दमक नगरपालिकाका केही वडाहरु प्रभावित हुनेछन् ।
उत्तर–दक्षिण बग्ने नदी तथा खोलामा आउने बाढीका कारण १४ स्थानीय तहका ५० बढी वडाका विभिन्न ठाउँमा रहेका बस्तीहरु प्रभावित हुने देखिएको हो । यसका अतिरिक्त स–साना खोला, पैनी, बाँध पैनीबाट पनि पर्नसक्ने आकस्मिक प्रभावलाई भने अनुमान गरिएको छैन ।
१५ वटा स्थानीय तह रहेको झापामा उत्तर–दक्षिण भएर बग्ने नदी तथा खोलाको विर्तामोड नगरपालिकामा भने प्रत्यक्ष प्रभाव देखिंदैन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा ३ हजार ८०३ घरपरिवार बाढीबाट प्रभावित हुने पूर्वानुमान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img