Homeसमाचारअबैध समान सहित छ जना पक्राउ

अबैध समान सहित छ जना पक्राउ

मोरङ १८ असार । मोरङको बिराटनगर महानगरपालिका–१२ बखरीबाट भन्सार छली ल्याएको लगभग ५ लाख बढी मूल्य बराबरको अबैध समान सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को १ ह ८४५१ टेम्पो र को १३ प ४२४७ नम्बरको मोटरसाईकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा टेम्पो चालक बिराटनगर–१५ का राजा पासवान सहित बिशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अबिनाश चौधरीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले भन्सार छली गरेर भारतबाट नेपाल तर्फ विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको जनाएको छ । अन्दाजी ५ लाख ३० हजार मूल्य बराबरको बरामदी समान , पक्राउ परेका मानिस तथा सवारी साधन समेत आवश्यक कारवाहीको लागी बिराटनगर भन्सार कार्यालय बुझाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअबैध समान सहित छ जना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img