Homeसमाचारपीसीआर प्रयोगशालाका लागि बुधबारे जेसीजको सहयोग

पीसीआर प्रयोगशालाका लागि बुधबारे जेसीजको सहयोग

बुधबारे १८ असार । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा शुरु गरिएको एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागि बुधबारे जेसीजले ११ हजार रुपैयाँ प्रदान गरेको छ ।
एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राई, पूर्व अध्यक्षहरु फडिन्द्र चापागाईं, सेवन्त पोखरेल, प्रकाश भण्डारी, कार्यकारिणी उपाध्यक्ष गजुहाङ योङहाङ, सचिव अनिल वाग्ले लगायतले उक्त रकम प्रदान गरेका थिए ।
मानवताको सेवा नै जीवनको सर्वोच्च कार्य हो भन्ने जेसीज आस्थाको अनुशरण गर्दै सामाजिक उत्तरदायित्व अन्तरगत उक्त रकम प्रदान गरिएको बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईले बताए ।
उनले झापामा कोरोना संक्रमितको संख्या बढीरहेको अवस्थामा ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट झापामै कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका स्थापना हुनु झापावासीकै लागी गौरवको विषय भएको बताए ।
कार्यक्रममा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले बुधबारे जेसीजले गरेको सहयोगको सराहना गर्दै पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि सहयोग गर्न सबैलाई आग्रह गरे ।
उनले सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाको रुपमा साउन १ गतेबाट पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने गरी कार्य अघि वढाइएको र सम्पूर्ण तयारी पूरा गरेर प्रदेश सरकारलाई पीसीआर परीक्षण प्रयोगशाला हस्तान्तरण गरिने जानकारी दिए ।
‘एकका लागि एक’ अभियानका सह संयोजक विनोद बस्नेतले ‘एकका लागि एक’ अभियानमा हालसम्म देश तथा विदेशका ७० संघसंस्था र एक हजार एक सय व्यक्तिबाट सहयोग प्राप्त भएको बताए । उनले पीसीआर परीक्षण प्रयोगशालाका लागि हालसम्म ९५ लाख रुपैयाँ जुटिसकेको जानकारी दिए ।
यसअघि बुधबारे जेसीजले कोरोना भाईरस संक्रमणको विषम् परिस्थितिमा बुद्धशान्ति क्वारेन्टाइनमा बस्ने नागरिकलाई एकदिनको खाना बराबरको ११ हजार रुपैयाँ , बुद्धशान्ति प्रेसक्लवमा आवद्ध १८ जना पत्रकारलाई स्यानीटाइजर, माक्स, ग्लोव्स, बुद्धशान्तिका दुई स्वास्थ्यकर्मीलाई पीपीई प्रदान गरिएको बुधबारे जेसीजका सचिव अनिल वाग्लेले वताए ।
त्यस्तै बुधबारे जेसीजले बुद्धशान्ति गाउँपालिकाको कोरोना कोषमा २६ हजार दुई सय रुपैयाँ , ५७ पिस सावुन, बुद्धशान्ति गाउँपालिकाका २३ विपन्न परिवारलाई १५ दिन पुग्ने खाद्यान्न , बुद्धशान्तिकी एक सुत्केरी महिलालाई एक महिनापुग्ने खाद्यान्न र पौष्टिक आहार, बुद्धशान्ति गाउँपालिकाका विभिन्न १३ स्थानमा हातधुने सावुनपानिसहितको ट्यांकीको व्यवस्था र बुद्धशान्ति क्वारेन्टाइनमा कोरोनाभाइरसविरुद्ध सचेतनामुलक कार्यक्रम , लकडाउनको समयमा रक्तदान , करेन्ट लागेर ज्यान गुमाएका बुद्धशान्ति–१ का पदमलाल गड्तौलाको परिवारलाई घर निर्माणका लागि ३२ हजार रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपीसीआर प्रयोगशालाका लागि बुधबारे जेसीजको सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img