Homeसमाचारस्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा गर्नेले काठमाडौं प्रवेश पाउने

स्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा गर्नेले काठमाडौं प्रवेश पाउने

काठमाडौं १५ असार । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) अनिवार्य होम क्वरेण्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय पालिकाबाट सिफारिस लिएर काठमाडौं जानेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्ड अनुसार पालिका, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर जानेलाई होम क्वरेण्टीनमा बस्ने प्रतिबद्धतासहित उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँले स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वरेण्टिनमा बस्ने गरी पालिका र प्रहरीको सिफारिस लिएर आउन दिने निर्णय सीसीएमसीले जानकारी दिनुभयो ।
हवाई तथा स्थलमार्गबाट आउने सबैमा यो निर्णय लागू हुने उहाँले बताउनुभयो । सीसीएमसीले क्वरेण्टिनमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ । सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ । यस्तै विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति दुई जोरका दरले वितरण गर्ने पनि निर्णय गरेको छ भने बैठकले आमा र बच्चा नेपाली नागरिकताधारी र बुवा विदेशी पासपोर्ट भएकाहरुको भिसा सहजीकरणका लागि निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारस्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा गर्नेले काठमाडौं प्रवेश पाउने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img