Homeसमाचारमेची बहुद्देश्यीय कृषि फर्मको सार्वजनिक सुनुवाई

मेची बहुद्देश्यीय कृषि फर्मको सार्वजनिक सुनुवाई

भद्रपुर १५ असार । मेची बहुद्देश्यीय कृषि फर्म भद्रपुर ४ ले यसवर्ष कृषि ज्ञान केन्द्र झापाको सहकार्यमा सञ्चालित पकेट बाली अन्र्तगत तरकारी खेती सम्बन्धि परियोजना कार्य बारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
कृषि फर्म सञ्चालक समितिका अध्यक्ष विजय रिजालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा परियोजना सञ्चालनस्थलमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।
परियोजना संयोजक ज्ञानबहादुर चौहानले परियोजना अन्र्तगत ४ वटा डिप बोरिङ गाडिएको, तरकारीका बेर्ना उत्पादनका लागि प्लाष्टिक टर्नेल निर्माण, अग्र्यानिक मल उत्पादनका लागि गड्यौला मल केन्द्र निर्माण, पावर ट्रेलर खरिद लगायत विभिन्न जातका तरकारी खेती गर्दा १३ लाख ५० हजारको काम सम्पन्न भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । चौहानले ५०/५० प्रतिशत सहकार्यमा सञ्चालित परियोजनाका लागि कृषि ज्ञान केन्द्र झापाले ६ लाख ७५ हजार अनुदान सहयोग तथा फर्मले ६ लाख ७५ हजार लगानी गरेको जनाएका छन् ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले विषादीरहित खेतीमा जोड दिनुपर्ने धारणा राख्दै वर्षे तरकारी उत्पादनमा नगरका लागि योगदान दिन सक्नुपर्ने बताउनु भयो ।
अध्यक्ष रिजालले दिएको जानकारी अनुसार भद्रपुर गौशालाको स्वामित्वमा रहेको १५ विगाह क्षेत्रफलमा वार्षिक २ लाख ४३ हजार भाडा तिर्ने गरी व्यवसायिक खेती थालिएको हो । जसमा सिजनेवल तरकारी र फलफुलको खेती हुँदै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेची बहुद्देश्यीय कृषि फर्मको सार्वजनिक सुनुवाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img