चन्द्रगढी १५ असार । प्रहरीले मे. ५ प ७५९८ नं.को मोटरसाईकलबाट खैरो हिरोइन (ब्राउन सुगर) सहित एक ब्यक्तिलाई पक्राऊ गरेको छ ।
पश्चिमबाट पूर्वतर्फ आइरहेको उक्त मोटरसाइकल कमल गाउँपालिका वार्ड नं–५ स्थित लवडाडामा रोकेर चेकजाँच गर्ने क्रममा झापा गौरादह नगरपालिका–४ डोरामारी निवासी ३४ बर्षीय सुमन भण्डारी ३ ग्राम ७० मिलिग्राम प्लाष्टिक र २ ग्राम ९५ मिलिग्राम लागु औषधसहित पक्राऊ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राऊ गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो ।
लागु औषधसहित एक पक्राऊ
































































































