Homeसमाचारचाँदनी र सत्यलक्ष्मीको सामुहिक रोपाई

चाँदनी र सत्यलक्ष्मीको सामुहिक रोपाई

शनिश्चरे १५ असार । झापाको अर्जुनधारास्थित चाँदनी चाँदनी बहुउद्देश्यीय सहकारी संस्था र भद्रपुरस्थित सत्यलक्ष्मी कृषि सहकारी संस्थाले धान दिवसको अवसर पारेर सामुहिक धान रोपाई कार्यक्रम सम्पन्न गरेका छन् ।

अर्जुनधारा नगरपालिका–४ स्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाले सोमबार सामुहिक धान रोप्ने कार्य सम्पन्न गरेको छ ।
१७ औं राष्ट्रिय धान दिवसको अवसर पारेर संस्थाले ठेक्कामा लिएको अर्जुनधारा माध्यमिक विद्यालयको नाममा रहेको १ विगाहा ३ कठ्ठा १० धुर जमिनमा सामुहिक धान रोपाइँ गरेको हो ।
सामुहिक धान रोपाइँ कार्यक्रम अर्जुनधारा नगरपालिका–४ का वडाध्यक्ष दुर्गाप्रसाद दाहालको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष यामबहादुर दाहालको सभापतित्वमा सम्पन्न गरिएको थियो ।

सो अवसरमा अर्जुनधारा माविका व्यवस्थापन समितिका अध्यक्ष एकदेव खनाल, संस्थाका उपाध्यक्ष बशोधा घिमिरे, मणि भण्डारी लगायतले धान रोपेका थिए ।
सहकारी संस्थाले अर्जुनधार माविलाई बार्षिक २७ हजार ठेक्का बुझाउने गरेको संस्थाका सचिव प्रेम कार्कीले जानकारी दिनुभयो ।

यसैबीच राष्ट्रिय धान दिवस २०७७ को अवसर पारेर भद्रपुर १० स्थित सत्यलक्ष्मी कृषि सहकारी संस्थाले सामूहिक धान रोपाँइ सम्पन्न गरेको छ ।
धान उत्पादनमा लागौं खाद्यन्नमा आत्मनिर्भर बनौं नाराका साथ भद्रपुर १० विपि टोल स्थित राधाकृण अधिकारीको खेतमा सामूहिक धान रोपाँइ गरिएको हो ।

सहकारीका उपाध्यक्ष दीपबहादुर राउतले औचित्यमाथि प्रकाश पारेको कार्यक्रम अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता एवम् बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सामूहिक धान रोपाँइ कार्यक्रममा भद्रपुर १० का अध्यक्ष टेकबहादुर खड्का काजी, साना किशान सहकारीकी अध्यक्ष देवीमाया अधिकारी, हनुमान टोल विकासका अध्यक्ष खड्गबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्दै जमीन बाँझो छोड्ने परम्परा सधै्रंका लागि अन्तय हुनु पर्ने धारणा राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचाँदनी र सत्यलक्ष्मीको सामुहिक रोपाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img