Homeसमाचारकनकाईको बाढीबाट ५ परिवार विस्थापित, रेडक्रसद्वारा राहत

कनकाईको बाढीबाट ५ परिवार विस्थापित, रेडक्रसद्वारा राहत

झापा १४ असार |तीन दिनदेखिको निरन्तर वर्षातका कारण कनकाई नदीमा आएको बाढीबाट पाँच घर विस्थापित भएका छन् । विस्थापित हुनेमा शिवसताक्षी नगरपालिका वडा नं.– १० सुकुम्बासी टोलका देवलाल ऋषिदेव, भूपाल चौधरी, गीता ऋषिदेव, चिरन ऋषिदेव र कृष्ण दर्जीको परिवार विस्थापित भएका हुन् । विस्थापित ५ परिवारमा २२ जना रहेको बताइएको छ ।
विस्थापितलाई नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखाले राहतको प्याकेज वितरण गरेको छ । रेडक्रसका तर्फबाट आइतवार विस्थापितलाई प्रति परिवार २/२ थान त्रिपाल, कम्बल, मेट्रेस, १ थान बाल्टी र प्लाष्टिकका डोरी प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

रेडक्रस जिल्ला शाखाका मन्त्री चन्द्र चुडाल र कोषाध्यक्ष हेम खड्का, शिवसताक्षी उपशाखाका सचिव गोविन्द काफ्ले, जनप्रतिनिधि भाष्कर सिटौला, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी, झापा शाखाले कनकाई नदीकै अति नै उच्च जोखिम क्षेत्रका रुपमा घोषित गरेको उक्त स्थानमा प्रायः सुकुम्बासीहरुको बसोबास रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकनकाईको बाढीबाट ५ परिवार विस्थापित, रेडक्रसद्वारा राहत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img