Homeसमाचारहत्यामा संलग्नलाई कारवाहीको माग गर्दै बुहारी संयुक्तको प्रदर्शन

हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै बुहारी संयुक्तको प्रदर्शन

झापा १४ असार । चरम यातना दिएर परिवारद्वारा हत्या गरिएकी हेटौंडाकी सुस्मिता थापाको आत्माको चीरशान्तिको कामना तथा हत्याको छानविन र हत्यामा संलग्नलाई अधिकतम कारवाहीको माग गर्दै मेची महाकाली बुहारी संयुक्त आवाज झापाले दिप प्रज्वलन तथा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।
विर्तामोडको मुक्तिचोकमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो समय महिलाहरुले अधिकार पाएको भनिए पनि हिंसाको रुप विकराल बन्दै जानु दुःखद भएको बताउनु भयो ।

शिक्षित व्यक्तिका घरमा समेत लैंङ्गिक हिंसाका घटना हुनु चुनौतिपूर्ण रहेको बताउँदै उहाँले छोरी–बुहारीको सुरक्षित बाँच्न पाउने हकका लागि संयुक्त आवाज उठाउनु पर्नेमा जोड दिनुभयो । सरकारी निकायले हिंसा पीडितका लागि तोकेर कुनै पनि सुविधा नदिएको उल्लेख गर्दै उहाँले झापामा पनि हिंसा पीडितको संख्या उल्लेख्य रहेकाले सेफ हाउस निर्माणका लागि बजेट छुट्याउने आश्वासन दिनुभयो । हिंसामा परेका महिलाले सेफ हाउसमा बसेर न्यायिक लडाई लड्न सहज होस भन्ने उद्देश्यले सेफ हाउस निर्माण गरिने उहाँको भनाई छ ।
कार्यक्रममा एवीसी नेपालका झापा अध्यक्ष कञ्चना ढकाल सिटौलाले हिंसाका पीडकलाई अधिकतम कारवाही गरेर हिंसाप्रति निरुत्साहित गर्न सरकारी निकायको ध्यानाकर्षण गराउँदै सबै छोरी बुहारी सुरक्षित बाँच्न पाउने अधिकारको रक्षा गर्न सबैलाई आग्रह गर्नुभयो ।
समाजका केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको कार्यक्रम झापा संयोजक शिखा खड्का गणेशको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन हिमा मिश्र पौडेलले गर्नुभएको थियो ।
सुस्मिता थापाको आत्माको चीरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको कार्यक्रममा सहभागिहरुले लैंङ्गिक हिंसा सामाजिक अपराध हो, हिंसारहित समाजको निर्माण गरौं, महिला सामान होइनन् सम्मान हुन् लगायतका नारा अंकित प्लेकार्डहरु बोकेका थिए ।
कार्यक्रममा सहभागीहरुले दमककी अनिता राईको शंकास्पद अवस्थामा आफू बसेकै कोठाभित्र झ्यालको रडमा झुण्डिएका अवस्थामा शब फेला परेको र बुद्धशान्तिमा एक महिलाको शव नग्न अवस्थामा भेटिएको भन्दै उनीहरुको मृत्युको छानवीन गरी दोषीमाथि कारवाही गर्न माग गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहत्यामा संलग्नलाई कारवाहीको माग गर्दै बुहारी संयुक्तको प्रदर्शन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img