Homeसमाचारपाल्पा र रौतहटमा पनि सलह किरा

पाल्पा र रौतहटमा पनि सलह किरा

झापा १३ असार । शनिवार विहान प्रदेश दुईको बारा, पर्सा र सर्लाहीमा देखिएको सलह किरा रौतहतमा पनि सलह किरा देखिएको छ। रौतहटको चन्द्रपुर नगरपालिकामा सलह किरा देखिएको कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख जितेन्द्र झाले जनाउनु भएको छ । उता भारतीय सिमा हुँदै रुपन्देहीमा देखिएको सलह किरा पाल्पा हुँदै पोखराथोक पुगेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रवक्ता सन्तोष पाठकले रुपन्देहीबाट पाल्पाको दोभान हुँदै सलह किरा सराई र पोखराथोकसम्म आइपुगेको बताउनुभएको छ । केही किरा दोभान क्षेत्रमा बसेको पाठकको भनाइ छ ।
चन्द्रपुरको वडा नम्बर २ मा ज्ञान केन्द्रका कर्मचारीहरु गएको र त्यहाँ सलह किरा भेटिएको जानकारी दिंदै वडा नम्बर २ मा ठूलो संख्यामै सलहको झुण्ड देखिएको ती किराहरु आकाशमा उडेको सूचना आएको झाले बताउनु भयो । त्यस्तै पर्साको पर्सागढी नगरपालिकाको वडा नम्बर ३ बडनिहार टोलमा पनि सलह किरा देखिएको नगरपालिकाका कृषि शाखा प्रमुख खडक खत्रीले बताउनु भएको छ ।
उता प्रदेश नम्बर ५ सरकारले सलह किरा सङ्कलन गर्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको छ । प्रोत्साहन स्वरुप किरा सङ्कलन गर्नेलाई रकम उपलब्ध गराउने निर्णय भएको कृषि विकास निर्देशनालय प्रदेश नम्बर ५ की वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले जानकारी दिनुभयो ।
सङ्कलन गरिएको सलह किरा स्थानीय तहमा बुझाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराउने अधिकारीले बताउनुभयो ।
सामान्यतया दुई ग्रामको हुने यो सलह किराले एक दिनमा आफ्नो तौल बराबरको खानेकुरा खाने यसअघि नै सार्वजनिक भइसकेको छ । ३५ हजार मानिसलाई पुग्ने खानेकुरा सलहको झुण्डले एकै पटक खाने उहाँको भनाइ छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपाल्पा र रौतहटमा पनि सलह किरा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img