Homeसमाचारसाउन १ देखि कनकाईमा पीसीआर ल्याब सञ्चालन हुने, टोलीद्वारा काम शुरु

साउन १ देखि कनकाईमा पीसीआर ल्याब सञ्चालन हुने, टोलीद्वारा काम शुरु

झापा १३ असार । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट मुलुकमै पहिलोपटक झापामा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब आगामी साउन १ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।
सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाको रुपमा साउन १ गतेबाट ल्याब सञ्चालन हुने गरी सम्पूर्ण तयारी पूरा गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिने एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताउनु भयो ।
एकका लागि एक अभियानका साझेदार संस्थाहरुबीचको शनिवार सम्पन्न बैठकले ०७७ साउन १ गतेबाट ल्याब सञ्चालन हुने गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकार सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको बैठकको निर्णय अनुसार कनकाईको कोटीहोमस्थित समर्पण भवनमा एकका लागि एक अभियानको अगुवाईमा सरकारी मापदण्ड अनुसारको ल्याब स्थापना हुनेछ । मेची अञ्चल अस्पतालको मातहतमा रहने गरी ल्याबका लागि अनुमति, व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भने प्रदेश सरकारले लिने सहमति भइसकेको छ । उक्त कार्यका लागि सम्पूर्ण प्रक्रिया अगाडि बढाउँदै तत्काल आवश्यक काम पूरा गरी प्रदेश सरकारलाई ल्याब हस्तान्तरण गर्ने समेत बैठकले निर्णय गरेको छ ।
सरकारी मापदण्ड अनुसार ल्याब स्थापनाका लागि अन्नपूर्ण न्यूरो हस्पिटल अन्नपूर्ण रिसर्च सेन्टरबाट डा. दिनेश थापा तथा अनुसन्धान अधिकृत अनिलकुमार साह र विराज लोहनीको टिमले शुक्रबारबाटै काम थालेको छ । उक्त टिमले साझेदारी संस्थाबीचको बैठकमा ल्याबको प्राविधिक पक्षबारे जानकारी गराएको थियो । अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षता तथा संवाद समूह झापाको संयोजनमा भएको बैठकमा अभियानका सहसंयोजक बिनोद बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सहारा नेपालको अगुवाई तथा अढाई दर्जन संघ–संस्थाको साझेदारीमा एकका लागि एक अभियान शुरु भएको हो । अभियानको मुख्य साझेदारमध्येको जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल र सहसचिव भवानी दंगालले सहकारी अभियानकातर्फबाट एक साताभित्र पूर्व घोषित २५ लाख रुपैयाँ अभियानलाई प्रदान गर्ने बताए ।
बैठकमा सहारा नेपालका अध्यक्ष भरतकुमार गिरी तथा अभियानका साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरु कुमार भट्टराई, हेम खड्का, सुवास भट्टराई, नवीन कोइराला, मदन गोपाल सुब्बा, लीला चिमरिया, मनोज बुढाथोकी, अर्जुन चुडाल, मान्ता खरेल, कुमारमणि पोखरेल, ख्यामप्रसाद ओली, भोला धिताल, दिपेन्द्र राउत, निर्मल भट्टराई, डम्बरबहादुर देउवा, हरि शर्मा, शिव कँडेल, सजेश शिवाकोटीले विभिन्न सुझावसहित तत्काल ल्याब सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।
त्यस्तै बैठकमा सहभागीहरु सन्तोष अग्रवाल, सञ्जीव घिमिरे, नारायणप्रसाद ओली, मिजास पोखरेल, मणिप्रसाद खड्का, गजेन्द्र पौडेल, परशुराम ढुंगाना, दीपक न्यौपाने, नवीन ओली, गणेश प्रधान, यज्ञराज (गोपाल) ओली, विशाल थापा लगायतले समेत विभिन्न सुझावसहित ल्याब सञ्चालनमा ढिलाई गर्न नहुने बताए । छलफलको सहजीकरण संवाद समूह झापाका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसाउन १ देखि कनकाईमा पीसीआर ल्याब सञ्चालन हुने, टोलीद्वारा काम शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img