Homeसमाचारबस्तुगत संघले साउनदेखि शनिवार विर्तामोड बजार बन्द गर्ने

बस्तुगत संघले साउनदेखि शनिवार विर्तामोड बजार बन्द गर्ने

बिर्तामोड २६ असार । वस्तुगत संघमा आवद्ध बिर्तामोडमा रहेका झण्डै एक दर्जन व्यवसायीक तथा व्यापारिक संघ संस्थाले साउन–४ गतेदेखि शनिवार विर्तामोड बजार बन्द गर्ने निर्णय गरेका छन् ।
लामो समय अघिदेखि सोमबार बन्द हुँदै आएको बिर्तामोड बजारलाई पनि सार्वजनिक विदाका दिन नै बन्द गर्ने पहल गर्न वस्तुसंघले माग गरेको थियो ।
माग गरेको लामो समय वितिसक्दा पनि बाणिज्य संघबाट शनिबार बजार बन्द गर्ने सन्दर्भमा आधिकारिक धारणा नआएपछि बस्तुसंघमा आवद्ध व्यापारि व्यवसायीले साउनको पहिलो शनिवार साउन ४ गतेदेखि बजार बन्द गर्ने विभिन्न व्यवसायिक ११ वटा संघ÷संगठनले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएका हुन् ।
नेपाल उद्योग बाणिज्य महासंघ, मेची डिस्ट्रीव्युटर्स एसोसिएशन, हार्डवेयर व्यवसायी संघ झापा, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा, नेपाल मार्वल व्यापार संघ झापा, मेशिनरी एसोसिएशन बिर्तामोड, नेपाल अटोमेकानिक्स ट्रेड युनियन, कम्प्युटर एसोसिएशन अफ नेपाल झापा, नेपाल व्यापार कर्मचारी संघ (युनिकम), मोवाइल एसोसिएशन झापा र हेभि इक्विपमेन्ट व्यवसायी संघले संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
बन्दको औचित्य माथि प्रकाश पार्दै मेची डिस्ट्रिव्युटर्स एसोसिएशनका अध्यक्ष राजेन्द्र थापाले शनिवार बन्दको पक्षमा ७५ प्रतिशत उद्यमी, व्यवसायी सम्बन्धित सरोकारवाला रहेको दावी गरे ।
सार्वजनिक छुट्टिका दिन बजार बन्द गर्दा पसल व्यवसायमा काम गर्ने कर्मचारीलाई एकदिन भएपनि परिवार तथा छोराछोरीसंग रमाउने अवसर प्राप्त हुने मेची डिस्ट्रिव्युटर्स एसोसिएशनका अध्यक्ष राजेन्द्र थापाको भनाई छ ।
कलकारखाना, उद्योगधन्दा तथा वित्तिय संस्थाहरु शनिवार राष्ट्रिय विदाका दिन बन्द गर्न लागिएको बताइएको छ । शनिवार व्यवसायी संघ÷संस्था खुल्ला रहेका पनि न्यून कारोवार हुने भएकाले बन्द उपयुक्त हुने हार्डवेयर व्यवसायी संघ झापाका अध्यक्ष मातृका कोइरालाले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबस्तुगत संघले साउनदेखि शनिवार विर्तामोड बजार बन्द गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img