Homeसमाचारपिसिआर प्रयोगशालाका लागि घरजग्गा व्यवसायी थपलिया र ओलीले दिए ६२ हजार

पिसिआर प्रयोगशालाका लागि घरजग्गा व्यवसायी थपलिया र ओलीले दिए ६२ हजार

बिर्तामोड १० असार । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न नागरिकस्तरवाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागी विर्तामोडका दुई घरजग्गा व्यवसायीले ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
विर्तामोडका घरजग्गा व्यवसायीहरु शारदा थपलिया र टहलदास ओलीले नागरिकस्तरबाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागी ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
परिचय आवास विकास प्रालि विर्तामोड–५ का सञ्चालक तथा प्रबन्ध निर्देशक थपलियाले नागरिकस्तरबाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागी ५१ हजार रुपैयाँ र कोपिला हाउजिङ एण्ड रियल स्टेट प्रालि विर्तामोड –५का प्रबन्ध निर्देशक र अनारमनी पोपर्टी डिलर्सका सञ्चालक ओलीले ११ हजार रुपैयाँ प्रदान गरेका हुन् ।
‘एकका लागि एक’ अभियानको आयोजनामा विर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा उनीहरुले ‘एकका लागि एक’ अभियानका सह–संयोजक विनोद वस्नेत , ‘एकका लागि एक’ अभियानका साझेदार संस्था विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, रोटरी क्लब अफ विर्तामोडका प्रेसिडेन्ट इलेक्ट निर्मल भट्टराईलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मेगा कम्प्लेक्स विर्तामोडका सञ्चालक तथा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य समेत रहेका थपलियाले ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न नागरिकस्तरवाट झापामा पीसीआर प्रयोगशाला स्थापना गर्ने कार्य प्रशंसनीय भएकाले उक्त कार्यमा आफूले सहयोग गरेको वताए ।
त्यस्तै पोपर्टी डिलर्स एशोसिएशन अफ नेपालका केन्द्रीय कोषाध्यक्ष तथा श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमिति झापाका उपाध्यक्ष समेत रहेका ओलीले मुलुकमै पहिलो पटक कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा उपचारका लागि एकका लागि एक अभियानको अगुवाईमा झापामा नागरिकस्तरवाट स्थापना गर्न लागिएको पीसीआर प्रयोगशाला झापावासीको गौरव भएकाले उक्त कार्यमा आफूले सहयोग गरेको वताए ।
‘एकका लागि एक’ अभियानका सह–संयोजक विनोद वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ विर्तामोडका प्रेसिडेन्ट इलेक्ट निर्मल भट्टराईले स्वागत गरेका थिए ।
संवाद समूहको संयोजन र सहजीकरणमा भइरहेको ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न नागरिकस्तरवाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागी सहयोग जट्ने क्रम जारी रहेको ‘एकका लागि एक’ अभियानका सह–संयोजक विनोद बस्नेतले बताए ।
त्यस्तै ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले एकका लागि एक अभियानको अगुवाईमा हालसम्म एक करोड २२ लाख रुपैयाँ संकलन भएको बताए ।
उनले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै कोरोना भाइरसको महामारी नियन्त्रणका लागि छिटोभन्दा छिटो झापामा पीसीआर प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याउन सबैलाई सहयोगका लागि अपिल गरेका छन् । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपिसिआर प्रयोगशालाका लागि घरजग्गा व्यवसायी थपलिया र ओलीले दिए ६२ हजार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img