Homeसमाचारएकका लागि एक अभियानबाट एककरोड २२ लाख संकलन

एकका लागि एक अभियानबाट एककरोड २२ लाख संकलन

नागरिकस्तरबाट स्थापना हुने पिसिआर ल्याव सञ्चालनको जिम्मा प्रदेश सरकारलाई

विर्तामोड ९ असार । कोरोना भाइरस नियन्त्रण, उपचार र राहतका लागि झापामा सञ्चालन गरिएको एकका लागि एक अभियानको अगुवाईमा एक करोड २२ लाख रुपैयाँ संकलन भएको छ ।
मंगलबार बिर्तामोडमा भएको छलफलमा अभियानका संयोजक महेन्द्रकुमार गिरीले सहकारी अभियानको २५ लाख र अन्तर्राष्ट्रिय झापाली समाजको २५ लाख समेत गरी सो बराबरको रकम जम्मा भएको जानकारी दिनुभयो । नागरिक स्तरबाट एकका लागि एक अभियान मार्फत निर्वाह भएको भूमिकाको जिल्लास्थित राजनीतिक दलहरुले प्रशंसा गर्दै अभियानमार्फत भइरहेको कार्य नयाँ र नमूना भएको बताएका छन् ।
दलका नेताहरुसहितको वैठकले कोरोना भाइरस परीक्षणका लागि एकका लागि एक अभियान, स्थानीय सरकार, सहकारी अभियान, अन्तर्राष्ट्रिय झापाली समाजको साझेदारीमा झापामा स्थापना हुने पीसीआर ल्याव सञ्चालनका लागि १ नं. प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ । स्वास्थ्य संवेदनशीलता, विद्यमान कानून, व्यवस्थापकीय पक्षलाई ध्यानमा राखेर उक्त निर्णयमा पुगिएको बताइएको छ ।
झापामा सञ्चालन हुने उक्त ल्याव प्रदेश सरकारलाई हस्तान्तरण गर्नेसँगै त्यसको व्यवस्थापन र सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय गर्ने समेत दलका नेताहरुले निर्णय गरेका छन् । ल्याव सञ्चालनका लागि झापाका राजनीतिक दलका प्रमुखहरुसहितको दश सदस्यीय टोलीले प्रदेश सरकारका विभागीय मन्त्रालयमा समन्वय गर्ने निर्णय भएको छ ।
नेताहरुले ल्याव सञ्चालनका लागि झापाका सबै पालिकालाई सहयोग र सहकार्य गर्न आह्वान समेत गरेका छन् ।
‘झापामा पीसीआर ल्याव सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय गर्न र आवश्यक व्यवस्था मिलाउन हामी सबै राजनीतिक दलहरु प्रतिबद्ध छौं’ –निर्णयमा भनिएको छ ।
नागरिकको स्वास्थ्य सुरक्षाको संवेदनशिलतालाई ध्यानमा राख्दै सरकारलाई सहयोग पु¥याउन नागरिक स्तरबाट भइरहेको कामको प्रशंसा गर्दै नेपाल कम्युनिष्ट पार्टी झापाका अध्यक्ष चिन्तन पाठकले प्रदेश सरकारमार्फत ल्याव सञ्चालनका लागि वातावरण तयार गर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले समुदाय–सहकारी–सरकारको साझेदारीमा नागरिकलाई सेवा पु¥याउन झापामा पीसीआर ल्याव स्थापनाको पहल प्रशंसनीय भएको भन्दै ल्याव स्थापना अपरिहार्य भएको े बताउनुभयो ।
त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्षद्वय अनुतसिंह राजवंशी, दिपेन वाला राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष कमल खरेल, सचिव केशवप्रसाद ओझा, कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आफ्नो पार्टी र तहबाट झापामा पीसीआर ल्याव सञ्चालनका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाए ।
संवाद समूहको संयोजन तथा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको बैठकले अभियानमा सहयोग पु¥याउने राजनीतिक दल, साझेदार संस्था, स्थानीय प्रशासन, स्थानीय सरकार लगायत सबै दाताहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।
छलफलमा अभियानका सहसंयोजक विनोद बस्नेत, सहकारी अभियानका घनश्याम अधिकारी, साझेदार संस्थाहरुको तर्फबाट लोकराज ढकाल, कुमार भट्टराई, कुमारमणि पोखरेल, मदनगोपाल सुब्बा, शिव कँडेल, नवीन कोइराला, पदमलाल भट्टराई, निर्मल भट्टराई, गजेन्द्र पौडेल, हरि शर्मा, पर्शराम ढुंगाना, यज्ञराज (गोपाल)ओली, सजेश शिवाकोटी, राजेन्द्र चौलागाईं लगायतले राजनीतिक दलहरुलाई विभिन्न सुझाव राखेका थिए ।
सहभागीबाट प्रदेश सरकारमार्फत सोझै वा मेची अञ्चल अस्पताल अन्तर्गत कनकाईको कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा पीसीआर ल्याव सञ्चालन उपयुक्त विकल्प भएको सुझाव समेत आएको छ । छलफलको सहजीकरण संवाद समूहका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएकका लागि एक अभियानबाट एककरोड २२ लाख संकलन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img