झापा ९ असार । तमोर नदीले बगाएर ३ जना बेपत्ता भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार ताप्लेजुङ र तेह्रथुम जिल्लाका ३ जना वेपत्ता भएका हुन् ।
सोमबार दिउँसो २ बजे घरबाट टिपताला जादैगर्दा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर तमोर नदीमा पु¥याई बेपत्ता भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
यसैगरी सोमवार दिउँसो ३ बजे तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पालाई तमोर नदिले बगाउँदा बेपत्ता भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
पौडी खेल्न गएका उनीहरुलाई अचानक नदीले बगाएको भनी सँगै गएका साथीहरुले हो–हल्ला गरेपछि स्थानीयवासीहरुले खोजतलास गरेका थिए । तर स्थानीयले भेट्न नसकेपछि इलाका प्रहरी कार्यालय आठराईमा खबर गरेका थिए । प्रहरीको टोलीले खोजतलास गरिरहेको बताइएको छ ।
तमोरले बगाउँदा तीन बेपत्ता

































































































