Homeसमाचारकनकाई नगरपालिकाका केही ठाउँ शिल, असार १३ गतेसम्म लकडाउन

कनकाई नगरपालिकाका केही ठाउँ शिल, असार १३ गतेसम्म लकडाउन

सुरुङ्गा ८ असार । बैदेशिक रोजगारीबाट घर फर्किएकी झापा कनकाई नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण देखिएपछि उनको वडाका केही भाग शिल गरिएको छ ।
घर आउने क्रममा बाटोमा उनका परिवार तथा केही आफन्तसंग पनि भेटघाट भएको पाइएपछि नगरपालिकाको वडा नंं–५ र २ को केही भाग शिल गरिएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
बैदेशिक रोजगारीका कुवेतबाट फर्किएकी ती महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएकी महिलाका आफन्तको र घर परिवारको कन्ट्रयाक ट्रेसिङ शुरु भएको बताइएको छ । नगरपालिकाले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गरी असार १३ गतेसम्म बजार कलकारखाना र सम्पूर्ण बैक तथा बित्तिय संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाको निर्णयको बर्खिलाप हुने गरी पसल तथा बजार खोलेमा वा हिँडडुल गरेमा कार्बाही गर्ने अधिकृत न्यौपानेले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकनकाई नगरपालिकाका केही ठाउँ शिल, असार १३ गतेसम्म लकडाउन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img